काठमाडौ १५ कात्तिक । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता पक्राउ परेकी छन्। न्यायाधीश पतिको हस्ताक्षर र औंठाछाप किर्ते गरेको आरोपमा ललिता र उनका दाजुभाउजूलाई इलाका प्रहरी कार्यालय कटारी उदयपुरले नियन्त्रणमा लिएको हो। ललिताले पतिको हस्ताक्षर र औंठाछाप किर्ते गरी अर्काको बच्चालाई आफ्नो बनाई जन्मदर्ता गराएको भन्दै न्यायाधीश राउतका पिता बलबहादुरले उजुरी दिएका थिए।
सोमबार पक्राउ गरिए पनि अदालतबाट म्याद लिएपछि बुधबारमात्रै घटना सार्वजनिक भएको छ। पक्राउ पर्नेमा ललिताका दाजुहरु बाबुराम चौहान र शिवशंकर चौहान तथा भाउजू बुनु चौहान पनि छन्। अर्की भाउजू भोजकुमार फरार छिन्। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशन गरिएको छ ।
