साताको पहिलो दिन सेयर बजार ओरालो - Akhabaronline
Highlightअर्थपूँजी बजारसेयर बजार

साताको पहिलो दिन सेयर बजार ओरालो

काठमाडौं ५ भदौ । साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक घटेको छ । आज नेप्से सूचक ७.७२ अंकले घटेर २०६०.५५ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २१८ कम्पनीका ५३ लाख ३९ हजार ४ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८८ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ । जस मध्ये रिडी हाइड्रोको सबैभन्दा धेरै १२ करोड २८ लाखको कारोबार भएको छ भने अपि पावरको १० करोड २ लाखको कारोबार भएको छ । यस्तै नेष्डो समृद्द लघुवित्तको ७ करोड ५१ लाख, नेपाल टेलिकमको ६ करोड ५४ लाख, तथा हिमालयन डिस्टिलरीको ४ करोड ७७ लाखको कारोबार भएको छ ।

आज मन्दाकिनी हाइड्रोको शेयर मूल्य १० प्रतिशत बढेको छ भने अपर हेवाखोला हाइड्रोको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै एनएमबि ५० म्युचुअल फण्डको इकाई मूल्य ४ प्रतिशतले बढेको छ भने श्वेत गंगा हाइड्रोको शेयर मूल्य ३.५६ प्रतिशत बढेको छ ।

आज रिभर फल्स पावरको शेयर मूल्य सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रोको शेयर मूल्य ५.०७ प्रतिशतले घटेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ४.५३ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये बैंकिंग, होटेल त्तहा टुरिजम, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समुहका बाहेकका सबै समुहगत सूचक घटेका छन् । जसमा ट्रेडिङ समुह सर्वाधिक १.९३ प्रतिशत। अन्य समुह १.६७ प्रतिशत र हाइड्रो समुह १.१५ प्रतिशत घटेका छन् । आज होटेल तथा टुरिजम समुह सर्वाधिक १.०६ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ४७ कम्पनीको मूल्य बढेको छ ।

Related Articles

Back to top button