साताको पहिलो सेयर बजार गिरावट - Akhabaronline
Highlightअर्थसेयर बजार

साताको पहिलो सेयर बजार गिरावट

काठमाडौँ २७ कात्र्तिक । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । आइतबारको सेयर कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले अर्थात ०.५६ प्रतिशतले ओरालो लागेको हो ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार १।२३ प्रतिशतले घटेको सेयर बजार आइतबार १०।५४ अंकले घटेर १८८३.१६ विन्दुमा रोकिएको छ ।

आइतबार जम्मा १८५ कम्पनीहरुको कारोबार भएको छ । जसमा ४४ कम्पनीमा वृद्धि भएको र १३१ कम्पनीमा ओरालो लाग्दा १० कम्पनी स्थीर रहेको छ ।

२० लाख २८ हजार बढी कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख ११ हजार बढीको कारोबार भएको छ । होटल तथा पर्यटनबाहेक सबै उपसूचक ओरालो लागेको छ ।

होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक भने १ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ ।

Related Articles

Back to top button