खेलकुद
साफ यू–१५ मा नेपाल आज पाकिस्तानसँग भिड्दै
काठमाडौ १५ कात्तिक । फ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल बिहीबार पाकिस्तानविरुद्ध सेमिफाइनल खेल्दैछ। समूह चरणमा एक जितले नै सेमिफाइनल पुगेको नेपाल उमेर समूहमा आफ्नो बलियो उपस्थिति देखाउनका लागि पनि फाइनल पुग्ने ध्याउनमा हुने छ।
घरेलु मैदानमा बंगलादेशसँग समूह चरणमा पराजित हुँदै समूह ए को उपविजेता बनेको नेपाल समूह बीको विजेताका रूपमा रहेको पाकिस्तानसँग खेल्नेछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा नेपालले अधिकांश समूह चरणकै खेलाडीलाई मौका दिनेछ।
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग २–१ ले हारेको थियो । पाकिस्तान भने समूह चरणको दुवै खेलमा विजेता टिम हो।