साबधान अब पाइनेछैन यी मदिरा पिउन
काठमाडौ २१ पुस । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलो पटक गुणस्तरसम्बन्धी मापदण्ड २०७५ कार्यान्वयनमा ल्याएको छ। गुणस्तरहीन मदिराका कारण जनस्वास्थ्यमा परेको प्रतिकूल असरलाई नियन्त्रण गर्ने उद्देश्यसहित विभागले पहिलोपटक मदिरासम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको खबर गोरखापत्र दैनिकले छापेको छ।
विभागका निर्देशक एवं प्रवक्ता पूर्णचन्द्र वस्तीले गुणस्तरहीन मदिराको उत्पादन, आयात तथा बिक्री वितरण गर्न नपाइनेसहितको नयाँ मापदण्ड कायाृन्वयनमा ल्याएको जानकारी दिए। मानव स्वास्थ्यमा प्रतिकुल असर पर्न नदिन सो मापदण्ड निर्धारण गरिएको उनको भनाइ छ। मदिरामा प्रयोग हुने इथाइल अल्कोहल ३६ देखि ५० प्रतिशत९आयतनको आधारमा २० डिग्री सेल्सियस० सम्म हुनुपर्ने छ तर तीन प्रतिशतसम्म घटीबढी हुँदा पनि स्वीकार्य हुनेगरी मापदण्ड तयार गरिएको छ।
नयाँ मापदण्डअनुसार मदिरा उत्पादनमा अल्कोहललगायत यसमा प्रयोग हुने तत्त्वहरू मात्रा प्याकेजिङ लेबलिङ, भण्डारण र ढुवानीको मात्रा निर्धारण गरिएको छ। मापदण्डमा उत्पादकको नाम, ठेगाना, इथाइल अल्कोहलको मात्रा, प्याकिङ मिति, ब्याच नम्बर, परिमाण, उपभोग्य मिति अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था छ।