सामाजिक काममा सक्रिय बन्दै भगवती खडका, मण्डी वितरणदेखि सडक सरसफाइसम्म - Akhabaronline
समाचार

सामाजिक काममा सक्रिय बन्दै भगवती खडका, मण्डी वितरणदेखि सडक सरसफाइसम्म

भक्तपुर, ३ पुस । नेपालमा महिला रेस्लिङको विकास र महिला सशक्तिकरणमा अग्रणी भुमीका खेल्दै आएकी नेपालको पहिलो महिला रेस्लर भगवती खड्का युनिका यतिबेला समाजिक काममा जुटन थालेकी छन । केही दिन अगाडि सडका जीवन विताइरहेका असहायहरुलाई न्यानो मण्डी वितरण गरेकी भगवती खडका युनिका यतिबेला फेरी सरसफाइ काममा जुटेकी छन । सडक सभा भयो भने यात्रा सहज हुनुका साथै सभ्य समाजको निर्माण हुने भन्दै भगवती यतिबेला सडक सरसफाइमा ्सहभागी भइरहेकी छन ।

अरनिको राजमार्गलाई पूर्ण रुपमा व्यवस्थित रुपमा परिमार्जन गरी राजमार्ग सफा राख्ने अभियान सुरु गरेसंगै भगवती खडका उक्त सरसफाइ काममा सहभागीह भएकी छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा बिहिवार भएको व्यवसायी तथा स्थानीयवासीसंगको छलफलमा भक्तपुरको विकासमा कुनै अवरोध नगर्ने सवैले प्रतिवद्धता जनाए संगै राजमार्ग परिमार्जन तथा सरसफाइ अभियान सुर गरिएको छ । सूर्यविनायक नगरपालिकाको ९ र १० वडामा पर्ने जगातीदेखि भक्तपुर र काभ्रेको संगमस्थल साँगासम्म सफाई तथा सर्भिस ट्र्याकलाई व्यवस्थित तथा संस्थागत गर्दै अघि स्थानीय बसब्यवसायी लगायत सबैले सहमती जनाएका छन ।

Related Articles

Back to top button