सामाजिक मान्यतालाई चुनौती दिदै आमाको किरिया बस्दै दुइ छोरी - Akhabaronline
समाचार

सामाजिक मान्यतालाई चुनौती दिदै आमाको किरिया बस्दै दुइ छोरी

 

दाङ १८ पुस । अझै पनि हाम्रो समाजमा छोराको महत्व राख्दै छोरी मानछेले किरिया बस्नु हुन्न भन्ने मान्यता रहदै आएको छ । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन्।

दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उनकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बसेका छन्। छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै तीन छोरीमध्ये जेठी र माइली छोरी किरियामा बसेका हुन्। आमा विकको १५ गते सोमबार निधन भएको र किरिया गर्ने कोही नभएपछि छोरीहरूले नै दागबत्ती दिएका हुन ।

Related Articles

Back to top button