सावित्रि सुवेदीको कर्तुत पर्दाफास, तीन लाख लिएर बलात्कारको आरोप लगाइ १० लाख माग्ने यस्तो योजना
काठमाडौ ३० पुस । महिला अधिकारकर्मीका रुपमा चर्चा कमाएकी सवित्री सुवेदीले केस मिलाउने भन्दै पैसा माग्ने गरेको खुलेको छ । सावित्रीले गोप्य योजना बनाउने अनि मान्छेलाई फसाउने अनि पैसा असुल गर्ने जस्ता आरोप लागिरहेका बेला सुवेदीको एउटा फेसबुक म्यासेज यतिबेला भाइरल बनेको छ । उक्त म्यासेजमा सावित्रिले तीन लाख डिमाण्ड गरेकी छन भने पेश्कीका रुपमा ५० हजार मागेको म्यासेजको स्क्रिन सट यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
एक जना युवतीले एक जना पैसावाल केटालाई फसाउने प्लान सहित सावित्री र ती युवतीको दोहोरो सम्बाद भएको म्यासेजको स्क्रिन सट यतिबेला भाइरल बनेको हो । एक युवतीले सावित्रिलाई आफनो पक्षमा बोल्दिनका लागि आग्रहसंगै सावित्री र ती युवतीबीच भएको कुराकानी यस्तो छ
सावित्री ‘पैसा विना कसरी चल्न सक्छु बहिनी तपाइको काम भएपछि ३ लाख दिनु अहिले पेश्की पचास हजार दिनु ।
युवती त्यो केटा ब्यापारी हो । होटलमा बोलाएर भेटछु अनि बलात्कार गर्यो भनेर उजुरी हाल्छु भन्छु १० लाख त देलानी नदिए रेप गर्यो भनेर केस हाल्छु ।
सावित्री जवाफ कुरा गोप्य हुनुपर्छ मलाई मोवाइलमा फोन नगर पुलिसले पछि कल रेकर्ड हेर्न सक्छ । म्यासेन्जरमा मात्र गरल अनि बलात्कार गर्यो भनेर उजुरी हाल्दा प्रमाण खोज्छ बलात्कारको प्रयास भनेर उजुरी हाल्नु पर्छ ।
माथिको कुराकानी सावित्री र युवतीबीच भएको म्यासेजको बाहिरिएको स्क्रिन सटबाट लिएका हौ । यसरी सावित्रीले तीन लाख लिएर युवतीको पक्षमा बोल्ने अनि बलात्कार भए भनेर होइन बलात्कारको प्रयास भयो भनेर उजुरी हाल्नु पर्छ भन्नुका साथै फोनमा कुरा नगर्नु प्रहरीले कल रेकर्ड हेर्छ भन्ने जस्ता संम्बादहरुले सावित्री सुवेदीले पैसाका पछाडि नारी अधिकारको कुरा गरिरहेको आरोप लागेको छ । यस अघि पनि सावित्री सुवेदी माथि आर्थिक लेनदेन गरेको आरोप महिलाहरुले नै लगाएका छन । यस अघि न्यायाधीस पत्नीलाई न्याय दिलाउछु भन्दै न्यायाधीस पत्नीलाई उचालेर न्यायाधीस विरुद्ध खनिएकी सावित्र न्यायाधीससंग भेट भएपछि न्यायाधीस पत्नीलाई तपाइहरुको मुद्धा तपाइहरु नै लडनुस भन्दै निस्किएर गएको भन्दै महिलाहरुले न्यायाधीसबाट पैसा लिएर गएको आरोप लगाएका थिए ।
हेर्नुहोस यो भिडियो
यसरी पैसाका लागि नभएको कुरा निकालेर अर्कोलाई फसाउने योजना सहितको स्क्रिन सट बाहिरिएपछि सावित्री सुवेदीले आफनो फेसबुकमा स्टाटस लेख्दै भनेकी छन ‘·
साथिहरु म अहिलेपनि कुनै पिडितलाई न्याय दिने सिल्सिलामा बाहिर छु । यहां राम्रो नेटवर्क पनि टिपेको छैन , सामाजिक संजालमा मेरो नामको फेक आइडि बनाएर मेरो बारेमा भ्रम छर्ने भएको छ । यस्ता कुराले मेरो अन्यायका बिरुद्द लड्ने साहास एकरति पनि घट्ने छैन । तर म साथिहरुलाई अहिले चांहि यो फेक आइडी कहां बाट कस्ले चलाएको होला पत्ता लागाइदिन आग्रह गर्दछु ।’
जब म्यासेजको स्क्रिन सर्ट आउट भयो कतै सावित्रीका नाममा फेग आइडी पो छ कि भनेर हामीले पनि फेसबुकमा धेरै सर्च ग¥यौ तर सवित्री सुवेदीको नामको फेसबुक आइडी दोश्रो आइडि पत्तो लागेन । सर्च गर्दा सावित्रीका नाममा दुइवटा आइडी त भेटिए तर एउटा आएडि सवित्रीले नै प्रयोग गर्ने गरेको भेटियो भने अर्को आइडी एक जना नाम मिल्ने आइडि देखिएपनि स्क्रिन सर्टको तस्वीर र उक्त आइडीको तस्विर नै फरक छ ।
कतै सावित्रीको आइडी ह्याक पो भयो कि भन्ने पनि अर्को संका थियो । तर सावित्रि आफैले उक्त आइडीमा बाहिरिएको म्यासेजको स्क्रिन सर्ट हालेर आफु नेटवर्क नटिप्ने स्थानमा पुगेको भन्दै फेग आइडी खोजि दिन आग्रह गरेकी छन । सावित्रीको स्टाटसमा सकारत्मक कमेन्ट पनि देखिएका छैनन । केही समय अगाडि रवि लामिछानेलाई नराम्रो गालि गरेर हालेको स्टाटस पनि सावित्रीले सेयर गरेकी छन ।
हेर्नुहोस सावित्रीको स्टाटस
के सावित्रीको फेसकुक आइडी फेग बनाएकै हो त । यदी कसैले फेग आइडी बनाएर सावित्रीलाई फसाउन खोजेको हो भने कानुन अनुसार कारबाही हुन्छ ।
AKHABAR ONLINE TV
https://www.youtube.com/watch?v=1sycw47H5FM&t=11s