सास्कृतिक कार्यक्रममा भाषणमात्र सुनाइएपछि.... - Akhabaronline
मनोरञ्जन

सास्कृतिक कार्यक्रममा भाषणमात्र सुनाइएपछि….

क्काठमाडौं १ असोज । रामेछाप साँस्कृतिक कलाकार समाजले शनिबार राजधानीमा विजया दशमीको शुभकामना आदनप्रदान तथा विभिन्न स्रष्टालाई सम्मान गरेको छ । गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुराएको श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा राष्ट्र«सेवक वेदबहादुर कार्की, अभिनेत्री मिथिला शर्मा, गायक नारायण रायमाझी, लोक गायक रेशम थापा, पत्रकार मात्रिका पौडेल, खेलाडी भावना सुनुवार, लोक गायिका सीता थापा, गायक रोज मोक्तान, अमृतबहादुर सुनुवार र लोक गायक राजेन्द्रकुमार कार्कीलाई बिशेष सम्मानका साथ दोसल्ला ओडाई सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा रमेश दुलाल, मोडल एलिना रायमाझी, गायिका तथा मोडल सिर्जु अधिकारी, गायिका भुमिका गिरी, कमल सरगम, साबित्री जोशी, गायक अमृत खाती लगायतका कलाकारलाई पनि सम्मान गरिएको थियो । तर कार्यक्रम जति पनि कलाकारहरुलाई सम्मान गरिएपनि लक्ष्य अनुसारको कार्यक्रम नभर्एको ब्यापक गुनासो आएको छ ।
शुभकामना आदनप्रदान तथा श्रष्टा सम्मान एवं बृहत सास्कृतिक कार्यक्रम भनिएपनि बृहत सास्कृतिक कार्यक्रम भने ब्यानरमा मात्र सीमित रहयो । बृहत सास्कृतिक कार्यक्रम भने पनि उक्त कार्यक्रममा भोषणमात्र सुनाइएको गनासो आएको छ । सास्केतिक कार्यक्रम भन्दै आयोजक संस्थाले रु पाँच सय बराबरको टिकट विक्रि गरेको तर सास्कृतिक कार्यक्रमको नाममा भाषणमात्र सुनाएका कारण टिकक काटेर गएपनि खल्लो भएको कार्यक्रममा सहभागीले बताए ।
संस्थाले काठमाडौंको सामाखुसी स्थित स्काइ पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरेको थियो ।

Related Articles

Back to top button