काठमाडौ १७ श्रावण । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर, हरिसिद्धि बिच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७८ वटा शाखा, ७० वटा ए।टि।एम। र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवाहरु प्रदान गर्दै आएको छ ।
AKHABAR TV
https://www.youtube.com/watch?v=qvznL2W0VCA&t=23s