सिटिजन्स बैंकको एफपिओमा ५ गुणा भन्दा बढीको आवेदन - Akhabaronline
अर्थबैंकिङ

सिटिजन्स बैंकको एफपिओमा ५ गुणा भन्दा बढीको आवेदन

काठमाडौ १७ श्रावण । सिटिजन्स बैंकको एफपिओमा दोस्रो दिनसम्ममा ५ गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले दिएको जानकारी अनुसार दोस्रो दिनसम्ममा एफपिओमा ।२७ गुणा बढीको आवेदन परेको हो । बुधबार साँझ ५ बजेको तथ्यांक अनुसार एफपिओमा २३ हजार ८ सय ४५ जना आवेदकबाट २४ लाख ४८ हजार ५ सय कित्ताको लागि आवेदन परेको छ ।

बैंकले ९ करोड २७ लाख रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्काशन गरेको हो । बैंकले एक सय अंकित मुल्यमा प्रिमियम थप गरेर प्रति कित्ता २०० रुपैयाँमा एफपीओ निष्काशन गरेको हो । लगानीकर्ता साउन १८ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम २३ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

बैंकको संस्थापक शेयरधनी, संचालक र प्रबन्ध संचालकले एफपीओमा आवेदन दिन पाउने छैनन् । लगानीकर्ताले सम्पूर्ण सीआश्वा सदस्य बैंक तथा वित्तीय स्नास्थाबाट वा मेरोशेयर अनलाइनबाट आवेदन दिन सक्ने छन् ।

एफपीओ बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ७ करोड पुग्नेछ। एफपीओ बिक्रिबाट बैंकको चुक्ता पुंजीमा ४ करोड ६३ लाख थपिनेछ भने प्रिमियम बापत प्राप्त रकम बैंकको जगेडा कोषमा जम्मा हुनेछ। संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम गर्न बैंकले एफपिओ निष्कासनको बिकल्प रोज्नुपरेको हो। हाल बैंकमा संस्थापकको ५१।२९ प्रतिशत तथा साधारण सेयरको ४८।७१ प्रतिशत सेयर अनुपात रहेको छ ।

Related Articles

Back to top button