सुख्खा पहिरो खस्दा कालिगण्डकी नदी थुनियो - Akhabaronline
समाचार

सुख्खा पहिरो खस्दा कालिगण्डकी नदी थुनियो

काठमाडौ ९ माघ । सुख्खा पहिरो खसेपछि कालिगण्डकी नदी थुनिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा पहिरो खस्दा नदी थुनिएको हो। नदीभन्दा माथि जमिन भासिएर आएको पहिरोका कारण नदी केही समय थुनिएपनि बग्न थालेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

चिरा(चिरा परेको पहाडमा सुख्खा पहिरो गएपछि माटो र रुख विरुवा झरेपछि नदी थुनिएको हो। नदीको एकापट्टीको किनारमात्रै थुनिकाले कुनै खतरा भने नरहेको प्रहरीले जनाएको छ। विहान १० बजे पहिरो झरेको थियो । प्रहरी तथा स्थानीयको सलग्नतामा पहिरोले झारेका रुख काटेपछि नदी सुचारु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button