सुजन दाहालको संयोजकत्वको ओखलढुंगामा नेविसंघको नगरअधिवेशन सम्पन्न - Akhabaronline
राजनीति

सुजन दाहालको संयोजकत्वको ओखलढुंगामा नेविसंघको नगरअधिवेशन सम्पन्न

ओखलढुंगा २१ पुस । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा नेपाल विद्यार्थी संघको नगरअधिवेशन सम्पन्न भएको छ । शनिबार भएको नगरअधिवेशनमा नगर संयोजक तथा अध्यक्षमा सुजन दाहाल निर्वाचित भएका छन । सहसंयोजकमा सुजाता श्रेष्ठ निर्वाचित भएकी छन ।


दानबहादुर बानियाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको नगरअधिवेशनमा पार्टी सचिव द्धय रुद्र अधिकारी तथा नवराज केसी , बालकृष्ण दाहाल विशिष्ट  अतिथि रहेका थिए । विशेष अतिथिमा , पूर्व नेविसंघ सभापति विनोद केसी नेविसंघ जिल्ला सभापति प्रदीप बानियाँ तथा नेपाल विद्यार्थी संघका केन्द्रीय प्रतिनिधि पवन नेपालीको सहभागितामा नगरअधिवेशन सम्पन्न भएको हो ।


नगर अधिवेशनबाट आफु अध्यक्षमा निर्वाचित भएपछि नगरपालिका भित्र शैक्षिक गुणस्तरका लागि विभिन्न कार्यक्रम सञ्चाल गर्दै शिक्षाको गुणस्तर बृद्धि गर्नमा आफु पहल गर्ने नवनिर्वाचित अध्यक्ष सुजन दाहालले बताएका छन ।


यतिबेला ओखलढुंगाका विभिनन गाउमा नेविसंघको गाउ तथा नगर अधिवेशन सञ्चालन भइरहेको छ । केही दिन अगाडि मोलुंङ गाउपालिकामा गाउ अधिवेशन सम्पन्न भइसकेको छ ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button