सुधार केन्द्रका नाममा मानसिक यातना, ‘कृपा घर’ का ९ महिलाले गुमाए मानसिक सन्तुलन - Akhabaronline
समाचार

सुधार केन्द्रका नाममा मानसिक यातना, ‘कृपा घर’ का ९ महिलाले गुमाए मानसिक सन्तुलन

काठमाडौँ १३ पुस । बूढानिलकण्ठमा सञ्चालित सुधार केन्द्र ‘कृपा घर’ मा राखिएका महिलालाई यातना दिने गरेको पाइएको छ । अवैध तवरबाट सञ्चालित सुधार केन्द्रका सञ्चालकले दिएको यातना सहन नसकेर भागेका दुई महिला प्रहरीको शरणमा पुगेका आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छाएिको छ ।

बुधबार शरणमा दुई महिला आएपछि महानगरीय प्रहरीले सुधार केन्द्रमा छापा मारेको छ ।

‘अमानविय व्यवहार गरेको पाइएकाले उक्त सुधार केन्द्र बन्द गर्ने निर्णय गरेका छौँ’ महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले भने, ‘प्रारम्भिक अनुसन्धानमा यातनाबाट ९ महिलाको मानसिक सन्तुलन नै गुमेको भेटियो ।’

Related Articles

Back to top button