सुनको भाउ बढयो - Akhabaronline
Highlightअर्थअर्थतन्रा

सुनको भाउ बढयो

काठमाडौ ४ असोज । आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ७ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७८ हजार २७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Related Articles

Back to top button