सुरु गर्यो अमेरिकाले उत्तर कोरिया बिरुद्धको युद्द - Akhabaronline
विश्व

सुरु गर्यो अमेरिकाले उत्तर कोरिया बिरुद्धको युद्द

एजेन्सी । अमेरिकाले उत्तर कोरियासंगको कूटनीतिक संवादको प्रयास विफल भएको जनाएको छ । संयुक्त राष्ट्रसंघको न्यूर्योकमा बसेको आकस्मिक बैठकमा अमेरिकी राजदूत निक्की ह्यालेले अमेरिका युद्धको आकांक्षी नभएपनि उत्तर कोरिया बारम्बार युद्धका लागि उद्त देखिएको भन्दै यस्तो अवस्थामा कुटनीतिक संवादले कुनै अर्थ नराख्ने बताएकी हुन ।
उनले २४ वर्षदेखिको कुटनीतिक प्रयास विफल भएको बताउँदै अब अति भएको टिप्पणी गरिन । निक्कीले नेता किम जोङ उनको व्यवहार र प्रतिबन्धका बाबजुत लगातारका परमाणु हतियारको परिक्षण तथा प्रक्षेपण लगायतका गतिविधीले उत्तर कोरियाले युद्ध चाहेको स्पष्ट हुने बताइन । उनले अमेरिकाको धैर्य असीमित नभएको प्रष्ट पार्दै उत्तर कोरियालाई सम्भव भएसम्म हदैसम्मको कारबाहीको लागि सुरक्षा परिषद समक्ष आह्वान समेत गरिन ।
बैठकका जापानले सुरक्षा परिषदले समय खेर नफाली उत्तर कोरियालाई परमाणु गतिविधि सम्बन्धि उसको नीति परिवर्तनका लागि हदैसम्मको दबाब दिनुपर्ने बताएको छ । यद्यपी चीन र रुसले भने कोरियाली प्रायद्धिपमा हुने युद्धले विनासकारी अवस्था निम्त्याउने भन्दै दुवै पक्षलाई वार्ताको लागि आह्वान गरेका छ
 

Related Articles

Back to top button