सेयर बजारमा देखियो हरियाली - Akhabaronline
Highlightअर्थपूँजी बजारसेयर बजार

सेयर बजारमा देखियो हरियाली

काठमाडौँ ७ पुस । धितोपत्र बजारमा बुधबार हरियाली छायएको छ । शेयर बजार लगातार दोस्रो दिन पनि उकालो लागेको हो । शेयर कारोबार भएको साताको पहिलो दिन सोमबार ओरालो लागेको बजार मंगलबार र बुधबार भने हरियो बन्यो ।

बुधबार बजार मापक परिसूचक नेप्से ९२.१६ अंकले बढेर २५०७.७० को बिन्दुमा पुगेको छ । बुधबार सेन्सेटिभ इन्डेक्स पनि १४.७४ अंकले बढेर ४७७.२६ अंकमा पुग्यो । बुधबार कारोबार भएका सबै १३ वटै उपसमूह उकालो लागे ।

यसदिन २२३ कम्पनीका ८१,०४,३१९ कित्ता किनबेच हुँदा ४,५२,३३,३८,१४३ रुपैयाँको कारोबार भयो ।

Related Articles

Back to top button