सैनिक कल्याणकारी काेषकाे २२ कराेड रकम अझै उठेन, वित्तिय संस्थालाई कारबाही - Akhabaronline
समाचार

सैनिक कल्याणकारी काेषकाे २२ कराेड रकम अझै उठेन, वित्तिय संस्थालाई कारबाही

काठमाडौं १८ पुस । नेपाली सेनाले सैनिक कल्याणकारी कोषको सिभिल बैक तथा वित्तीय संस्थामा जोखिममा रहेको करिब २३ करोड रुपैयाँमध्ये डेढ करोड रुपैयाँ उठाएको छ। नेपाल राष्ट्र बैकको समस्याग्रस्त घोषणा गरेको ख वर्गका वाणिज्य बैक र ग बर्गका वित्तीय कम्पनीमा राखेको कोषको रकममध्ये २२ करोढ९७ लाख ६७ हजार रुपैयाँ जोखिममा रहेको सेनाले जनाएको खबर राजधानी दैनिकमा छ।
सो रकममध्येबाट करिब डेढ करोढ रुपैया सेनाले उठाएको सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए। जोखिममा रहेको रकममध्ये डेढ करोड रुपैया सेनाले प्राप्त गरिसकेको, अन्य रकमका लागि पनि चलअचल सम्पत्ति रोक्का भएको छ।’ भण्डारीले मंगलबार जंगी अड्डामा पत्रकारसँगको भेटमा भने। सैनिक कल्याणकारी कोषका निर्देशक रघु भण्डारीले गत भदौमा पत्रकारसँगको अन्तरक्रियामा २२ करोड ९७ लाख ६७ हजार रुपैया जोखिममा रहेको बताएका थिए।
सो रकम क्यापिटल मर्चेन्ट एन्ड फाइनास, युनाइटेड विकास बैक, नेपाल सेयर मार्केट एन्ड फाइनान्स र हिमालय फाइनान्समा जम्मा गरिएको सेनाले बताएको थियो।

Related Articles

Back to top button