सोलुखुम्बुका भूकम्प पीडितले धमाधम पैसा फिर्ता गर्न थाले - Akhabaronline
समाचार

सोलुखुम्बुका भूकम्प पीडितले धमाधम पैसा फिर्ता गर्न थाले

सोलुखुम्बु २३ पुस । सोलुखुम्बुका भुकम्प पीडितले धमाधम रकम फिर्ता गर्न थालेका छन । पीडितहरुले पहिलो किस्ता वापत पाएको पचास हजार धमाधम फिर्ता गर्न थालेका हुन । तत्काल घर निर्माण गर्न नसक्ने भन्दै उनीहरूले प्राधिकरणलाई नै अनुदान बापतको ५० हजार फिर्ता गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई सोलुखुम्बुले जनाएको छ।

जिल्लाको लिखुपिके गाउँपालिका ९ का जाङबु शेर्पाले आइतबार प्रधिकरणमा आएर तत्काल घर निर्माण गर्न नसक्ने भन्दै अनुदान रकम फिर्ता गरेको प्राधिकरणकी सामाजिक परिचालक माया शेर्पाले जानकारी दिइन्। २०७२ सालको भुकम्पले लिखुपिके गाउँपालिका साविक गोली ९ का जाङबु शेर्पाको घर सर्वेक्षणको क्रममा पूर्णक्षतिमा परेको थियो। अहिलेसम्म सोलुखुम्बुमा अनुदान रकम फिर्ता गर्ने ३ जना रहेको राष्ट्रिय पुननिर्माण प्रधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ सोलुखुम्बुले जनाएको छ। सोलुदुधकुण्ड नगरपालिका ११ का बलबहादुर कार्की र सोलुदुधकुण्ड नगरपालिका ६ का छिरिङ शेर्पाले यस अघि नै पहिलो किस्ता बापतको अनुदान रकम फिर्ता गरिसकेका छन्।

AKHABARONLINE TV

Related Articles

Back to top button