सोहमलाइ नभेट्दा एलिना पागल भइन (भिडियो सहित) - Akhabaronline
Uncategorizedमनोरञ्जन

सोहमलाइ नभेट्दा एलिना पागल भइन (भिडियो सहित)

काठमाडौँ २१ पुस । चलचित्र ‘शिवम’बाट नेपाली फिल्मी क्षेत्रमा डेब्यु गरेका नायक शोहम भेटवालले अभिनय गरेको आधुनिक गीत ‘मुटुको ढुकढुकी’ युटयुव मार्पmत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा सोहमको मुटुको ढुकढुकीको रुपमा एलिना रायमाझी देखिएकी छन ।

नयाँ प्रविधि र नयाँ टेक्नोलोजीबाट निर्माण गरिएको गितको म्युजिक भिडियोमा शोहम र एलिनाको आकर्षक प्रस्तुती देख्न सकिन्छ ।
शान्तिम कोइराला र रानी जोशीको स्वरमा सजिएको उक्त गीतलाई नृपेश उप्रेतीले शब्द संकलन गरेका हुन । यस गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको म्युजिक भिडियो कुलेखानी आसपासमा गरिएको छ । म्युजिक भिडियोलाई आकर्ष बनाउन निर्देशक सोम कुस्कुमाझीले मेहनतका साथ निर्देशन गरेका छन । अर्जुन सापकोटाको छायाँकन रहेको उक्त म्युजिक भिडियोलाई नविन विकले कोरियोग्राफी गरेका हुन । निशान घिमिरेले यस गीतलाई मेहनतका साथ सम्पादन गरेका छन ।

गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको र तारिफ गर्न योग्य रहेको निर्देशक सोम कुस्कुमाझीले अखबार अनलाइनलाई बताए । निर्देशक माझीका अनुसार यो भिडियो निर्माण गर्न आफुले निकै मेहनत गर्नुका साथै टिमवर्कमा काम गरिएका कारण सबै पक्ष राम्रो भएको छ । यस गीतलाई आधुनिक तरिकाबाट आफुले निर्देशक सोमले बताए ।

Related Articles

Back to top button