स्थायी कमिटीको बैठकमा पुस मसान्तसम्म एकीकरण प्रक्रिया पूरा गर्न अध्यक्ष ओलीको प्रस्ताव - Akhabaronline
Highlightराजनीति

स्थायी कमिटीको बैठकमा पुस मसान्तसम्म एकीकरण प्रक्रिया पूरा गर्न अध्यक्ष ओलीको प्रस्ताव

काठमाडौं १२ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक टुंगिएको छ । बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन । अध्यक्ष ओलीले स्थायी कमिटीका सदस्यहरूले उठाएका विषयमा सम्बोधन गरेका छन ।

सम्बोधन गर्दै अध्यक्ष ओलीले पुस मसान्तसम्म पार्टी संगठनको एकीकरणको कार्य पूरा गर्न प्रस्ताव गरेको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार बैठकमा करिब साढे २ घण्टा बोलेका अध्यक्ष ओलीले बाँकी सांगठनीक काम गर्नका निम्ति कार्यदल बनाउने प्रस्ताव पनि गरेका छन्। उनले पुससम्म एकताका सबै काम गरिसक्ने, माघमा तहगत कमिटी, पार्टी कमिटीको भेला र यस बीचमा केन्द्रीय कमिटीको बैठकको आह्वान गर्नेलगायतका प्रस्ताव गरेका छन ।

बैठक शुक्रबार बिहान ८ बजे बस्ने गरी टुंगिएको छ ।

Related Articles

Back to top button