स्याङ्जा चापाकोटका मेयरमाथि कुटपिट, टाउकोमा गम्भिर चोट - Akhabaronline
राजनीति

स्याङ्जा चापाकोटका मेयरमाथि कुटपिट, टाउकोमा गम्भिर चोट

स्याङ्जा १८ कात्र्तिक । चापाकोटका नगरप्रमुख शिव गिरी कालकोट जिल्लामा कुटिएका छन् । उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट बिहिबार रारा भ्रमणका लागि निस्किएको थियो ।

शनिवार बेलुका रारा पुगेर फर्किएपछि कालिकोटको स्थानीय एक होलमा झगडा हुँदा गिरी कुटिएका हुन् । झगडामा घाईते गिरीको टाउकोमा चोट लागेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादु कार्कीले बताए ।

जिल्ला अस्पताल कालीकोटमा गिरीसँगै घाइते स्वकीय सचिव राजकुमार मल्ल, नगर प्रहरी इन्चार्ज शोभित थापा र सवारीचालक सुनिक एसकेको उपचार भईरहेको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

AKHABAR ONLINE TV 

https://www.youtube.com/watch?v=OeV5s2L97gk

Related Articles

Back to top button