हवाइ इन्धनको मूल्य घटेसंगै हवाइ भाडादर पनि घट्यो
काठमाडौं २८ पुस । नेपाली वायुसेवा कम्पनीहरूले आइतबारदेखि लागू हुनेगरी आन्तरिक हवाइ रुटमा ४४० रुपैयाँसम्म हवाइ भाडा घटाएका छन्।
आयल निगमले बिहीबार मध्य रातदेखि लागू हुनेगरी एअर टर्बाइन फ्युल९हवाइ इन्धन० को मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएपछि एअरलाइन्सहरूको एक मात्र संगठन वायुसेवा सञ्चालक संघले आइतबारदेखि लागु हुनेगरी हवाइ भाडामा लिइने फ्युल सरचार्जमा कम्तीमा ४० रुपैयाँदेखि ४४० रुपैयाँसम्म घटाउने निर्णय गरेको हो।
संघका प्रवक्ता घनश्याम आचार्यका अनुसार सबैभन्दा धेरै धनगढी–काठमाडौं रुटको एकतर्फी भाडामा ४४० रुपैयाँसम्म फ्युल सरचार्ज घटाइएको छ। काठमाडौंबाट सिधा उडान हुने सुगम रुटहरूमा सबैभन्दा धेरै घटेको भाडादर यही हो। सबैभन्दा कम काठमाडौंदेखि सिमरा रुटमा ९० रुपैयाँ घटेको छ।
काठमाडौंदेखि सुरु हुने पर्यटकीय रुटमा उडानमा ३४५, तुम्लिङटारमा १८५, भद्रपुरमा ३००, विराटनगरमा २४०, जनकपुरमा १३०, सिमरामा ९०, भरतपुरमा ११० रुपैयाँ घटाइएको छ। पोखरामा १५५, भैरहवामा २०५, धनगढीमा ४४० र नेपालगञ्जमा ३२५ रुपैयाँ घटाइएको आजको कान्तिपुर दैनिकमा समाचार छ।
AKHABAR ONLINE TV
https://www.youtube.com/watch?v=4Q7gtHFgv_c&t=559s