काठमाडौ २६ पुस । हवाइ इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले आन्तरिक उडानको लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।
बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाइएको जानकारी निगमले जनाएको छ । घटाएको मूल्यअनुसार हवाई इन्धनको आन्तरिक सेवातर्फ प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा मूल्य कायम हुनेछ। यसअघि १०४ रुपैयाँ ५० पैसा रहेको थियो। यस अघि हवाइ इन्धनको मूल्य बढेको भन्दै जहाज कम्पनीहरुले भाडादर बृद्धि गरेका थिए । अब इन्धको मूल्य घटेपछि भाडा घटने नघटने टुंगो छैन ।