हाडनाता करणी गर्ने अभियुक्त १० महिनापछि अदालतमा उपस्थित, पुर्पक्षका लागि जेल चलान - Akhabaronline
समाचार

हाडनाता करणी गर्ने अभियुक्त १० महिनापछि अदालतमा उपस्थित, पुर्पक्षका लागि जेल चलान

काठमाडौ १३ पुस । हाड नाता करणी गरी फरार रहेका अभियुक्त दश महिना पछि अदालतमा हाजिर भएका छन । धरान–५ साउनेका झमकबहादुर बस्नेत हाडनाता करणी गरी फरार भएका थिए । फरार भएको १० महिना पछि पुस १० गते बस्नेत अदालतमा हाजिर भएपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्न क्षेत्रीय कारागार कार्यालय झुम्का पठाइएको छ।

दश महीना अगाडि हाडनाता पर्ने किशोरीलाई पटक–पटक बलात्कार गरेको भन्दै पीडितका परिवारले गत असार ८ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए। उजुरीलगत्तै उनी फरार रहेका थिए। गत फागुन २५ गते ती किशोरीलाई उनले बलात्कार गरेको उजुरीमा उल्लेख थियो। अदालतको आदेशमा पुर्पक्षका लागि पुस १० गते नै कारागार चलान गरिएको इप्रका धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

Related Articles

Back to top button