भद्रपुर १२ माघ । मनषा सिमेन्ट उद्योगका म्यानेजर मृत अवस्थामा फेला परेका छन । भद्रपुर नगरपालिका ९ मासञ्चालित मनषा सिमेन्ट उद्योगमा म्यानेजर पदमा कार्यरत भारतको पटना, विशाखा निवासी ६२ वर्षीय कमल दुगड उद्योगकै कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
दुगढको हत्या भएको प्रहरीले आंशका गरेको छ। उद्योग परिसरभित्रै कोठामा बस्दै आएको दुगडको हत्या भएको वा शंकास्पद मृत्यु भएको अहिलै नै केही भन्न नमिल्ने प्रहरीले जनाएको छ । दुगडको शव ओछ्यानमा रहेको छ, ‘मुखमा कपडा हाल्नुका साथै हात खुट्टा बाँधिएकोले उनको हत्या भएको प्रहरीलाई आंशका छ। विगत ३ वर्षदेखि उद्योगमा कार्यरत दुगड शनिबर नै आफ्नो घर फर्किने तयारीमा रहेका थिए। शनिबार बिहान उद्योगका चालकले उनलाई भारत छाड्ने भनी बोलाउन आउँदा उनको शव ओछयानमा लडेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। अहिले घटनास्थलमा प्रहरी टोली खटिएको छ।