हिमालयन बैङ्क लिमिटेड - Akhabaronline
Uncategorized

हिमालयन बैङ्क लिमिटेड

हिमालयन बैङ्क लिमिटेड स् कम्पनी विश्लेषण ९शुक्रवार, ९ असार २०७४०हिमालयन बैङ्क लिमिटेड स् कम्पनी विश्लेषण ९शुक्रवार, ९ असार २०७४० २०७४-०३-९ मा प्रकाशित     ९३१ पटक पढिएको     ० बिचार र प्रतिक्रियाहिमालयन बैङ्क लिमिटेड स् कम्पनी विश्लेषण ९शुक्रवार, ९ असार २०७४०प्रमुख गतिविधिएसबीआईले २०७३ पुस २२ मा सम्पन्न २४औं वार्षिक साधारणसभाबाट कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका निमित्त १ दशमलव ५७ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५७ प्रतिशत लाभांश प्रदान गरेको थियो । बैङ्कले कात्तिक महीनामा १४ दशमलव २८ प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।

 
कम्पनीलले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३र७४ र २०७२र७३ बीच तुलना गर्दा स्
बैङ्कले यो अवधिमा आफ्नो खुद नाफामा १६ प्रतिशत वृद्धि गरेको छ । बैङ्क यो त्रैमाससम्ममा १ अर्ब ५३ करोड रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा बैङ्कले १ अर्ब ३८ करोड खुद नाफा कमाएको थियो ।बैङ्कले खुद नाफामा वृद्धि गरे पनि प्रतिशेयर आम्दानी भने सन्तुलनमा राख्न सकेको पाइन्न । प्रतिशेयर आम्दानी भने १९ प्रतिशत घटेर रू। ३१ दशमलव ५३ पुगेको छ । यो अवधिमा बैङ्कको पूँजी ४७ प्रतिशत वृद्धि भएको छ ।यही समयमा जगेडा १९ प्रतिशत वृद्धि भएको छ । बैङ्कको जगेडमा ४ अर्ब ५१ करोड रुपैयाँ छ ।निक्षेप र कर्जाको कुरा गर्दा उसले यो तेस्रो त्रैमासमा ९२ अर्ब ८९ करोड निक्षेप उठाई ७८ अर्ब ८ करोड कर्जा प्रवाह गर्न सफल भएको छ ।निक्षेप १५ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह २० प्रतिशत वृद्धि भएको छ ।बैङ्कको ऋणसँग, पूँजी र निक्षेपको अनुपात अर्थात् ‘क्रेडिट टु क्यापिटल एण्ड डिपोजिट रेशियो’ ७९ दशमलव ९० प्रतिशत रहेको छ, जुन राष्ट्र बैङ्कले निर्दिष्ट गरेको बिन्दु ८० प्रतिशतको नजिकै हो । यसका आधारमा बैङ्कसँग आगामी दिनमा नयाँ कर्जा दिन पर्याप्त पैसा नभएको र तरलताको यही अवस्था कायम रहे बैङ्कलाई आगामी दिनमा व्यापार विस्तारका लागि थप ऋण लगानी गर्न गाह्रो पर्ने देखिन्छ ।बैङ्कको खुद ब्याज आम्दानी १३ प्रतिशत वृद्धि भएर २ अर्ब ७६ करोड पुगेको छ । त्यस्तै, सञ्चालन नाफा १७ प्रतिशत वृद्धि भएर २ अर्ब ३९ करोड छ । खुद आम्दानीमा २ करोड ५७ लाख प्रोभिजन घटेको छ भने जोखीम कोषबाट कुनै पनि रकम फिर्ता भएको छैन ।बैङ्कले निष्क्रिय कर्जामा उल्लेख्य कमी ल्याएको छ । यस अवधिमा बैङ्कको निष्क्रिय कर्जा २ दशमलव ९८ प्रतिशतबाट घटेर शून्य दशमलव ९० प्रतिशतमा आएको छ भने निष्क्रिय कर्जाका लागि १९७ दशमलव ३६ प्रतिशत रकम व्यवस्था गरेको छ ।बैङ्कले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १७१ दशमलव ३७, पूँजी कोष लागत ३ दशमलव २५ प्रतिशत, मूल्य आम्दानी अनुपात ३२ दशमलव २९ गुणा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू। १६६२ दशमलव ३४ र तरलता अनुपात २४ दशमलव ३९ प्रतिशत रहेको छ ।निष्कर्ष स्बैङ्कले पूँजी वृद्धिसँगै प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सकेको छैन । तर पनि राष्ट्र बैङ्कले तोकेको ८ अर्ब लक्ष्य पुर्‍याउन बोनस शेयर र निकै थोरै मात्रामा प्रदान गरिएको हकप्रद शेयरले गर्दा भविष्यमा प्रतिशेयर आम्दानी र लाभांश सन्तुलनमा राख्न केही समस्या नहुने देखिन्छ । ८० प्रतिशत नजिकै पुगेको सीसीडी रेशियो भने बैङ्कका लागि अहिले प्रमुख चुनौती छ ।
प्राविधिक विश्लेषण स् मूल्य च्यानलमा सीमित

प्रतिरोध २ स् १००० । प्रतिरोध १ स् ९२४ । टेवा १ स् ८४३ । टेवा २ स् ८०० । हालको अन्तिम मूल्य स् ८८६
बजारको अवस्था२ यस कम्पनीको २२ जुन, २०१७ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा मूल्य ८ सय ८६ मा अन्तिम कारोबार भएको छ । यो अघिल्लो दिनको भन्दा १६ अङ्क अथवा १ दशमलव ८४ प्रतिशत बढी हो । अन्तिम दिनको परिमाण १४ सय ४३ रहेको छ । यो अघिल्लो दिनको भन्दा ४२ सय ९८ कित्ता कम हो ।
मूल्यको प्रवृत्ति विश्लेषण२०१७ अप्रिल ३ मा ११ सय ४४ को दैनिक कारोबारको उच्च बिन्दु बनाएपछि बजार च्यानलको सीमाभित्र झर्दो क्रममा रहेको देखिन्छ ।

अन्य प्राविधिक सङ्केतहरू स्एक्सपोनेन्सियल मुभिङ एभरेज ९ईएमए० स् १४ दिनको ईएमएभन्दा मूल्य तल रहेकाले बजार घट्दो प्रवृत्तिमा र एक प्रतिरोधको रूपमा रहेको देखिन्छ ।
रिलेटिभ स्ट्रेन्थ इण्डेक्स ९आरएसआई० स् १४ दिनको आरएसआई ३७ अङ्कमा रहेको छ र यस प्रवृत्तिले बजारमा मागभन्दा आपूर्ति बढी रहेको सङ्केत गरेको देखिन्छ ।
मैनबत्ती स् अन्तिम दिनको मैनबत्तीले अघिल्लो दिनभन्दा मूल्य केही बढे पनि बजार अन्योल अवस्थामा रहेको देखिन्छ ।
निष्कर्षमूल्य प्रवृत्ति र अन्य सूचकहरूले बजार तुरुन्तै सकारात्मक हुने सङ्केत गरेको देखिँदैन । कम्पनीको मूल्यले च्यानलको माथिल्लोे प्रवृत्ति रेखालाई निश्चित रूपमा तोडे मात्र बजार बढ्दो प्रवृत्तिको हुन सक्ने प्रारम्भिक सङ्केत गर्दछ ।
हाल बजारको तत्कालीन प्रतिरोध ९ सय २४ मा रहेको देखिन्छ भने तत्कालीन टेवा ८ सय ४३ मा रहेको देखिन्छ ।

Related Articles

Back to top button