समाचार
१०३ यात्रु बोकेको विमानमा आकाशमै लाग्यो आगो
मेक्सिको सिटीतर्फ गइरहेको विमान उठेको पाँच मिनेटमै दुर्घटनामा प¥यो । १०३ यात्रु बोकेर मंगलबार उडेको विमानमा आकाशमै आगो लागेको हो ।
दुरंगोका गभर्नर जोस रोसासका अनुसार विमान अचानक आधीबेहरीमा परेर उडिरहेको दिशाबाट अर्कैतिर मोडिएको थियो ।
चमत्कार नै मान्नुपर्छ आकाशमै आगो लागेको विमान भुइँमा बजारिन पुग्यो । भुईंमा बजारिएपछि विमान करीब ३०० मीटरसम्म घिस्रिएको थियो ।
विमानमा यात्रारत ज्याकलिन फोर्सले भनिन्, ‘हामीहरु सबै जना चिच्याइरहेका थियौं । बाँच्ने आश थिएन । मृत्युले हामीलाई स्पर्श गरेर गयो ।’
ज्याकलिन फोर्सले सम्झिन्छिन्, ‘विमान चर्किसकेको थियो र आगो छिटो छिटो फैलिरहेको थियो, मानिसहरु चिन्तित थिए, अचानक हाम्रो विमान नराम्रोसँग हल्लिन थाल्यो । विमानको नियन्त्रण बिग्रियो र हामी भुईंमा बजारियौं ।’
AKHABAR TV
https://www.youtube.com/watch?v=X2G8x9NS0hM&t=257s