११ दिन सार्वजनिक विदा थप्दै सरकार - Akhabaronline
राजनीति

११ दिन सार्वजनिक विदा थप्दै सरकार

काठमाडौं २० पुस । सरकारले पूर्वप्रतिबद्धताविपरीत आगामी वर्ष २०७६ सालका लागि थप ११ दिन सार्वजनिक विदा थप्ने भएको छ। विभिनन जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रूपमा लिँदै तीन दिनमा सार्वजनिक विदा दिने तयारी सरकारले गरेको हो।

आदिवासी जनजातिलगायत विभिन्न संघसंस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक विदा नदिइएको भन्दै ध्यानाकर्षण गरेपछि गृहमन्त्रीको संयोजकत्वमा विदा पुनरवलोकन गर्न बनेको तीन सदस्यीय कार्यदलले विदा थप्ने प्रस्ताव गरेको हो।

गृहमन्त्री रामबहादुर थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई रहेको विदा पुनरवलोकन समितिले विभिन्न आठ पर्वका लागि ११ दिन सार्वजनिक विदा प्रस्ताव गरेको आजको नागरिक दैनिकमा समाचार प्रकाशन भएको छ ।

Related Articles

Back to top button