२२२ रोपनीमा राष्ट्रपति कार्यालय, चिल्ड्रेन पार्क पनि बनाइने - Akhabaronline
राजनीति

२२२ रोपनीमा राष्ट्रपति कार्यालय, चिल्ड्रेन पार्क पनि बनाइने

काठमाडौं १२ पुस । सहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय र निवासलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानले चर्चेको जग्गासहित २२२ रोपनीमा विस्तार गर्ने भएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ ।

मन्त्रालयले तयार पारेको गुरुयोजनामा राष्ट्रपति कार्यालय र निवास परिसरमा पाहुनाघर, हेलिप्याड, परेड खेल्ने मैदान, लाइब्रेरी, स्वास्थ्य केन्द्र, मिटिङ हल निर्माण गरिने उल्लेख छ। त्यसैगरी स्विमिङपुल, सेरोमोनियल गेट, गार्ड अफ अनर, चिल्ड्रेन पार्क, कर्मचारी तथा कामदार आवस गृह र पार्किङस्थल निर्माण गरिनेछ। शहरी विकसमन्त्री मोहम्मद इस्तिया राईले बुधरबा पत्रकार सम्मेलन गर्दै करिब तीन वर्षभित्र सम्पन्न हुनेगरी गुरुयोजना तयार गरिएको जनकारी दिए।

‘गुरुयोजना तयार भएको छ, त्यसबारे थप छलफल जारी छ’ उनले भने ‘माघ मसान्तभित्र सम्पूर्ण खाका तयार हुन्छ।’ उनले गुरुयोजनाअनुसरा संरचना बनाउने र त्यहाँ रहेका काम लाग्ने स‌ंरचना बनाउने र त्यहाँ रहेका काम लाग्ने संरचना नभत्काउने जारी दिए। फागुन मसान्तदेखि निर्माण शुरू गर्ने उनले बताए।

AKHABAR ONLINE TV

Related Articles

Back to top button