२ वटा इन्स्योरेन्स कम्पनीले पाए हकप्रद निष्काशनको अनुमति - Akhabaronline
अर्थबीमा

२ वटा इन्स्योरेन्स कम्पनीले पाए हकप्रद निष्काशनको अनुमति

काठमाडौ ६ माघ । नेपाल धितोपत्र बोर्डले २ वटा इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्काशनको अनुमति प्रदान गरेको छ । बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले आईएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सलाई हकप्रद निष्काशनको अनुमति दिने निर्णय गरेको हो ।

बुधबार बोर्डका संचालक समिति सदस्य शोभाकान्त पौडेलको अध्यक्षता बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशनको अनुमति दिएको बोर्ड स्रोतले जनाएको छ । बोर्ड अध्यक्ष नहुँदा सदस्यहरु मध्ये एक जनाले बोर्ड बैठकको अध्यक्षता गर्ने ब्यबस्था अनुसार अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गरेका पौडेलले नै हाल बोर्ड बैठकको अध्यक्षता गर्दै आएका छन् ।

Related Articles

Back to top button