६५ दिनमा पाइने राहदानी अब ढिलोमा ३५ दिनभित्र - Akhabaronline
समाचार

६५ दिनमा पाइने राहदानी अब ढिलोमा ३५ दिनभित्र

 

काठमाडौं १४ माघ । जिल्ला प्रशासन कार्यालयको नियमित प्रक्रियाबाट मेसिन रिडेबल पासपोर्ट (एआरपी) लिन चाहनेले अब ढिलोमा ३५ दिनभित्र पाइसक्ने भएका छन्। यसअिघ पाँच हजार रुपैयाँ तिरेर जिल्लाबाट आवेदन गर्दा पासपोर्ट हात पर्न ६५ दिनसम्म लाग्थ्यो।

राहदानी विभागका महानिर्देशक रामकाजी खड्काका अनुसार तत्कालका लािग विराटनगर, भद्रपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, पोखरा, सिमरा, भरतपुर, जनकपुर, दाङलाई केन्द्र बनाएर बुद्ध एयरबाट नियमित कार्गो सेवा थालिएको छ। सम्बन्धित जिल्ला प्रशासनबाट पासपोर्ट बनाउन संकलित आवेदन जम्मा गरेर बुद्ध एयरबाट काठमाडौं पठाउने तथा काठमाडौंमा एमआरपी बनेपछि तत्कालै पायकको उडान केन्द्रमा कार्गो पठाउने प्रक्रिया सुरु भइसकेको समाचार कान्तिपुर दैनिकमा छ।

यीबाहेक उपत्यकासहितका रसुवा, सिन्धुली, काभ्रे, जुम्ला, कालीकोट, रुकुम, राल्पालगायत १८ जिल्लाबाट एमआरपी आवेदन प्रत्यक्ष संकलन हुने गरेको छ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button