अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा एकै परिवारका १३ जनाको मृत्यु - Akhabaronline
विश्व

अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा एकै परिवारका १३ जनाको मृत्यु

भदौ ।  पूर्वी अफगानिस्तानमा अमेरिकाले हवाइ आक्रमण गरेको छ । अमेरिकी हवाइ आक्रमणमा १३ जनाको ज्यान गएको छ । ज्यान जानेमा एकै
परिवारका सदस्य रहेको एएफपीले जनाएको छ । आक्रमणमा १५ जना घाइते भएका छन् ।
मारिएका एकै परिवार १३ जनामा प्राय महिला र बालबालिका रहेका  अमेरिकी सुरक्षा बलले यस घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । एक अफगान अधिकारीका अनुसार भने काबुलनजिकै लोगार प्रान्तको दासत ए बारी गाउँमा भएको हवाई आक्रमण्मा एक दर्जन भन्दा बढी आतङ्ककारी मारिएका छन् ।
अफगान अधिकारीका अनुसार अफगान सुरक्षाबलले नै छुट्टाछुट्टै इलाकामा गरेको हवाई कारबाहीमा १३ सर्वसाधारणको ज्यान गएको केही दिनमा नै पुनः यो घटना भएको छ ।

Related Articles

Back to top button