माछा पोखरीमा अज्ञात ब्यक्तिले विष हालिदिएपछि १० लाख बराबरका माछा मरे - Akhabaronline
मुख्य खबरसमाचार

माछा पोखरीमा अज्ञात ब्यक्तिले विष हालिदिएपछि १० लाख बराबरका माछा मरे

चितवन २३ कात्र्तिक । पूर्वी चितवनको राप्ती नगरपालिका–१ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौँको क्षति पु¥याएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारी अनुसार स्थानीय रत्नबहादुर बर्तौलाको माछापोखरीमा बुधबार बिहान अकस्मात् माछा मरेका हुन् । करीब १० लाख बराबरको क्षति भएको पीडित बर्तौलाले बताउनु भएको छ । उहांँको छ कट्ठा क्षेत्रफल जमीनमध्ये चार कट्ठामा माछापोखरी छ । पोखरीमा ८० हजारको माछाका भुरा राखिएको र बिक्री गर्ने बेलामा विषादी हालिएको बर्तौलाले गुनासो गर्नुभयो ।

बर्तौलाले बिहान ५ बजेतिर माछा एकाएक मर्न थालेपछि पोखरीमा हेर्दा विषको बट्टा फेला पारेको बताउनुभयो । अघिल्लो वर्ष पनि अज्ञात समूहले नै उहांँको माछापोखरीमा विष हालिदिएको थियो ।

साना किसान कृषि सहकारी, समाज कल्याण बचत तथा ऋण सहकारी लगायतबाट नौ लाख ऋण लिएर माछापालन गरेको उहांँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय खैरहनीका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक रुद्र शर्माले विषका कारण माछा मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । रासस

AKHABAR ONLINE TV 

Related Articles

Back to top button