एपिक म्युजिक अवार्डमा विवेक लोप्चनको ‘भन्छन साराले’ उत्कृष्ट पाँचमा, अवार्ड जिताउन यसरी गर्नुस भोट - Akhabaronline
मनोरञ्जन

एपिक म्युजिक अवार्डमा विवेक लोप्चनको ‘भन्छन साराले’ उत्कृष्ट पाँचमा, अवार्ड जिताउन यसरी गर्नुस भोट

काठमाडौ  ३ पुस । निरन्तर रुपमा सञ्चारको क्षेत्रमा कलम चलाउदै आएका विवेक लोप्चनलाई प्राय सबैले सञ्चारकर्मीको रुपमा चिन्ने गर्छन । तर विवेक लोप्चन सञ्चारकर्मीको साथै एक कुशल गीत लेखक पनि हुन । उनले लेखेका गीतहरु निकै मर्मस्पर्शी हुनुका साथै वास्तविक जीवन भोगाइका कथा समेटिएका छन । 
यही शिलशिलामा विवेकले लेखेको गीत ‘भन्छन साराले’ बोलको गीत यतिबेला एपिक म्युजिक अवार्डको नोमिनेशनमा परेको छ । पपर लोकपप शब्द टाइटलको उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । गत सोमबार काठमाडौको बागबजार स्थित होटल हार्दिकमा उत्कृष्ट पाँचको नोमिनेशनको प्रमाणपत्र समेत वितरण कार्यक्रम सम्पन्न भइसकेको छ । 
अव विवेकले सर्वोकृष्ट पपर लोकपप शब्द अवार्ड जित्न भने अरु चार जनालाई उछिन्नु पर्ने हुन्छ । त्यसका लागि आयोजकले भोटिङ कोड समेत सार्वजनिक गरिसकेको छ । सार्वजनिक गरिएको भोटिङ कोर्डमा प्राप्त भोटका आधारमा रचनाकार विवेक लोप्चनले अवार्ड हात पर्ने छन । विवेकलाई अवार्ड जिताउन चाहनुहुन्छ भने आफनो मोवाइलको म्यासेस बक्समा गएर इएमस 
टाइपगरी एक स्पेस छाडेर भोटिङ कोड  २२१ टाइपगरी ३८६८७ मा म्यासेज  पठाउन सक्नु हुनेछ ।

TYPE EMA <SPACE>221 SENT TO 38687

AKHABAR ONLINE TV 

Related Articles

Back to top button