एपिक अवार्डमा इन्दिरा भट्टराई र इन्दिरा जोशीको भिडन्त कस्लो मार्ला बाजी ?
नेपाली संगीतको क्षेत्रमा निरन्तर यात्रा गर्दै आएकी सुमधुर स्वरकी धनी गायिका इन्दिरा भट्टराईको यतिबेला निकै चर्चा चुलिन थालेको छ । केही महिना अगाडि दुवइमा सम्पन्न भएको मोडल सङक अवार्डमा अवार्ड हात पारेकी गायिका इन्दिराले अघिल्लो महिना सम्पन्न भएको सगरमाथा म्युजिक अवार्डमा पनि अवार्ड जित्न सफल भइन । यसरी लगातार अवार्ड जित्दै आएकी गायिका इन्दिरा भट्टराइको सुमधुरमा स्वरमा सजिएको ‘ तिम्ले छोडे मर्छु म ’ बोलको गीत सर्वोकृष्ट पप तथा लोकपप गायिकाको उत्कृष्ट पाँचमा पर्न सफल भएको छ ।
यसरी चर्चा अनि लगातार अवार्ड पाउन सफल भएकी गायिका इन्दिरा भट्टराईले यो अवार्ड पाउन्जेल सम्मको यात्रा निकै संघर्षपूण देखिन्छ । हुन त संघर्षविनाको सफलता अवश्य सम्भव पनि नहोला त्यसैले विभिन्न संघर्ष गर्दै गायिका इन्दिरा भट्टराई यतिबेला एउटा सफल गायिका बन्न पुगेकी ह्न ।
यसरी चर्चामा आएकी इन्दरा भट्टराई यसपालिको अवार्डमा इन्दिरा जोशीसंग प्रतिस्पर्धामा छन । सबैसंग घुलमिल हुने स्वभावकी इन्दिरा भट्टराईलाई सबैले रुचाएकी गायिकाको रुपमा लिएको छ । जसका कारण धेरै भोटका आधारमा इन्दिरा भट्टराईले अवार्ड हात पर्ने देखिन्छ । त्यसका लागि इन्दिरा भट्टराई यतिबेला आफुलाइ भोट गर्न सबैमा आग्रह गरिरहेकी छन ।
गायिका इन्दिरा भट्टराईलाई भोट गर्नको लागि आफनो मोवाइलको म्यासेस बक्समा गएर इएमस
टाइपगरी एक स्पेस छाडेर भोटिङ कोड २१६ टाइपगरी ३८६८७ मा म्यासेज पठाउनु पर्ने छ ।
TYPE EMA<SPACE> 216SENT TO 38687
AKHABAR ONLINE TV