रुस्मा र डिकेशको ‘इलामकी ठुली’ सार्वजनिक, इलामकी ठुली नमितालाई अर्जुको दृष्टी - Akhabaronline
मनोरञ्जन

रुस्मा र डिकेशको ‘इलामकी ठुली’ सार्वजनिक, इलामकी ठुली नमितालाई अर्जुको दृष्टी

 पूर्वको इलाम साच्ची नै प्रकृतिक छटाले भरिपूर्ण छ । इलाममा पुगेपछि त्यहाको हावापनी र प्रकृतिको सौन्दयृतामा विलिन नहुने कोही हुदैन । त्यहाँको प्रकृतिक हावापानीले मानिसहरुलाई मोहनी नै लगाइ रहेको हुन्छ । फलस्वरुप इलाममा पुगेपछि फेरी पनि जाने रहर सबैमा जाग्ने गरेको छ । प्रकृतिले हराभरा मनोरन्जन पर्यटकिय स्थल सौन्दर्यले भरिपुर्ण ईलाम आफैमा परिचित ठाउँ जुन ठाउमा उतिकै सुन्दरताका खानी ईलामका सुन्दरिहरू कहिले कन्यामको चियाबारिमा लुकामारि खेलिरहेको हुन्छन त कहिले अन्तुको लजालु उषाको किरण झुल्के घाम सङग रमाई रहेका हुन्छन ।


गायिका रुस्मा राइ

यहाँका मानिसहरु पनि त्यत्तिकै मिजासिला हुन्छन । यही भावनसंग मिल्दो जुल्दो र त्यही सुन्दर इलाममा जन्मेका श्रष्टाहरुले एउटा गीत सृजना गरे ‘इलामकी ठुलि’ । यतिबेला उक्त गीतको म्युजिक भिडियो सार्वजसनक भएको छ । गीतको म्युजिक भिडियोमा नमिता राई ईलाम कि ठुलि बनेकी छ । 
इलामकी ठुलीलाई आखाँ लगाउने हुन चलचित्र ‘एक्स्ट्रा माया’ का अभिनेता अर्जुन खडका । अर्जुन खडका र नमिता राइ लगायत साथीहरुको अभिनय भिडियोमा देख्न सकिन्छ ।


गायक डिकेस ईधिङगोे

गीतलाई सुमधुर स्वरकी धनी पूर्वेली गायिका रुस्मा राइ, र सुरिलो स्वरमा धनी अर्का पुर्वेली गायक डिकेस ईधिङगोेले स्वर दिएका छन । चरखोले शिशिरको शब्द रहेको उक्त गीतमा दिकेशले नै संगीत गरेका छन । गीतमा आर्कर्षक धुन निकालेर संगीत एरेन्ज भने थोमस राइले गरेका हुन । साथै भिडियो निर्देशन समेत थोमस थुलुङले नै गरेका हुन । पुरुषोत्तम माझीको कोरियोग्राफीमा यमन माझिले आकर्षक तरिबाछ गीतको भिडियोलाई छायाँकन गरेका छन ।

Related Articles

Back to top button