राष्ट्रिय फुटसल लिग आजदेखि

खेलकुद

काठमाडौं, भदौ १५ – राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेल काठमाडौंको चपलीहाइटमा रहेको क्रिएसनल फुटसल सेन्टर र बौद्वमा रहेको स्तुपा स्पोर्टस हव फुटसल सेन्टरमा हुनेछन् ।
लिगमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख पचास हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताका लागि झण्डै ३० लाख खर्च लाग्ने एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले जानकारी दिनुभयो ।
प्रतियोगिताबाट एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनौट समेत गरिने उहाँले जानकारी दिनुभयो । एएफसी फुटसल छनौट प्रतियोगिता आगामी अक्टोबर १३ देखि २२ तारिखसम्म हुनेछ ।