मुख्य समाचारको माथि

९७ जना यात्रु चढेको विमान उडेको पाँच मिनेटमा नै दुर्घटना

मुख्य खबर विश्व
This Post Share Now
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ १६ श्रावण । मेक्सिकोको दुरंगो शहरमा विमान दुर्घटना भएको छ । राज्यका गभर्नरले घटनाको पुष्टि गर्दै दुर्घटनामा कसैको पनि मृत्यु नभएको जानकारी दिएका छन् ।

दुरंगोका गर्भनर होसे एसइपुरोले ट्वीट गर्दै चार चालक दलसहित ९७ यात्रु सवार उक्त विमान दुर्घटनामा ८५ जना घाइते भएको जसमध्ये दुईको अवस्था चिन्ताजनक भएको जानकारी दिएका छन् ।

स्थानीय मिडियाको रिपोर्ट अनुसार विमान उडेको पाँच मिनेटपछि नै दुर्घटना भएको र यात्रीहरु हाइवे नजिकै मद्दत मागिरहेको देखिए ।

एरोमेक्सिको फ्लाइट एएम२४३१ ले ग्वाडालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीका लागि उडान भरेको थियो ।

एयरपोर्ट अपरेटर ग्रुपो एरोपुर्तुवारियो सेन्ट्रो नोर्टेले सुरुवाती अनुसन्धानपछि दुर्घटना खराब मौसमका कारण भएको जानकारी दिएका छन् ।

गभर्नर एइसपुरोले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमान तल झर्नुअघि ठूलो बिस्फोट भएको बताए । आफूले राज्यका सबै स्वास्थ्य संस्थानलाई घाइतेको उपचारका लागि अलर्टमा राखेको पनि उनले बताए ।

नागरिक सुरक्षाका प्रवक्ता अलेहन्द्रो कारदोसाले दुर्घटनापछि विमानमा आगो लागेको तर कसैलाई पनि आगोले क्षती नपुर्याएको बताए । बीबीसी

NEWS DOWN

हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस
हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस