मुख्य समाचारको माथि

कांग्रेसको महासमिति बैठकमा देउवा विरुद्ध खनिए, बैठकमै हात हालाहालको भिडियो सार्वजनिक, यसरी फुट्यो माइक – हेर्नुहोस् भिडियो सहित

ताजा समाचार मुख्य खबर राजनीति

 

काठमाडौँ ४ पुस । शनिबारबाट जारी काँग्रेस महासमिति बैठकमा नेताहरुबीचमा झगडा र हात हालाहालको स्थिति सृजना भएको थियो । काँग्रेसका सहमहामन्त्री डा । प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको हातबाट माइक खोसेपछि हात हालाहालको स्थिति सृजना भएको हो ।

मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै आएका थिए । सभापति केसीले भने( ‘म बोल्दै थिएँ । एकाएक डा। महत आएर मेरो माइक खोस्न थाल्नुभयो । त्यसपछि धकेलाधकेल भयो । त्यसक्रममा माइक नै फुटेको छ ।’ उनले थपे( ‘विधान नआएसम्म बैठक अघि बढ्दैन भन्नेमा महासमिति सदस्यहरुबीच एकमत रहेको छ ।’

सहमहामन्त्री महत र केसीबीचको विवादमा अधिकाँश महासमिति सदस्यहरुले केसीको पक्ष लिएका छन् । हात हालाहालकै स्थिति आएपछि बैठक स्थगित गरिएको थियो ।

भिडियो हेर्नुहोस

https://youtu.be/LFQ2G7aTUS8

NEWS DOWN