मुख्य समाचारको माथि

गोरु काटेको अभियोगमा प्रक्राउ परेका १० जना धरौटीमा रिहा, रिहाइसंगौ गोरुकै मासु खुवाएर गाउँमा भव्य सम्मान

ताजा समाचार मुख्य खबर समाचार
This Post Share Now
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ ५ पुस । गोरु काटदै गरेको अवस्थामा गत मंसिर २८ गते धरानबाट पक्राउ परेका १० जना धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सुनसरीको फैसलापछि जनही ५० हजार धरौटी बुझाएर उनीहरु रिहा भएका हुन् ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरी रहेका थिए ।

उनीहरुलाई सरकारी वकील कार्यालय माफर्त अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतको फैसलापछि उनीहरुलाई छाडिएको इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी सुमन तिमिल्सेनाले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई रिहा गर्न विभिन्न जातीय संस्था, राजनीतिक दलको दबाब परेको थियो ।

रिहा भएपछि गोरुकै मासु काटेर भोजसहित सम्मानः


मुलुक धर्मनिरपेक्ष भएपनि गोरु काटेकै अभियोगमा उनीहरुलाई पक्राउ गरिएको भन्दै आदिवासी जनजातिहरुले विरोध गर्दै आएका थिए । रिहा भएपछि उनीहरुलाई धरानमा सम्मान गरिएको छ ।

सांस्कृतिक अधिकार संरक्षण समितिले उनीहरुलाई सम्मान गर्दै गोरुको मासुसहितको भोज आयोजना गरिएको सांस्कृतिक अधिकारका अभियन्ता जनकऋषि राइले जानकारी दिए ।

धरान–११ स्थित मङ्गलबारे चौकमा आयोजना गरिएको सो सम्मान कार्यक्रममा आदिवासी जनजाति सम्बद्ध विभिन्न संस्था तथा राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

AKHABAR ONLINE TV

NEWS DOWN

हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस
हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस