मुख्य समाचारको माथि

मेघना मगर

मोडेलवाच

मेघना मगरको एक पछि अर्को चर्चा चुलिदै गएको छ । बेलाबेलामा भाइरल बनिरहने नाम हो मेधना मगर । पछिल्लो समय फेरी एक पटक उनी चर्चामा आएकी छन । उनी चर्चामा आउनुको अरु कुनै कारण नभएर हट एण्ड सेक्सी फोटो सुट नै हो । मोडलिङ र नृत्यमा आफ्नो पौरखले दर्शकको मन जित्न सफल भएकी मगर समुदायमा जन्मेहुर्केकी मेघना मगरले बेलाबेला अति नै हट फोटो सुट दिएर चर्चामा आएकी छन ।

वेल डान्स एकेडेमी स्थापना गरेर नृत्यको विकासमा जुटेकी कलाकार हुन् मेघना । उनको मोडलिङ र कोरियोग्राफी रहेका भिडियोहरू बजारमा धेरै नै आइसकेका छन् । डान्समा आफूलाई सानैदेखि लगाव रहेकोले घरपरिवारको सहयोग नभएरै पनि उनी यो क्षेत्रमा जम्दै गरेकी छन् ।

हालसम्म ३ दर्जन भन्दा बढी भिडियो खेलिसकेकी मेघनाले कोरियोग्राफी मात्र हैन मोडलिङमा समेत दख्खल राख्छिन् । उनले धेरै भिडियोहरूमा मोडलिङ गरिसकेकी छन् भने उनका आइटम डान्स र आधुनिक भिडियोहरू धेरै छन् । आइटम डान्समा अति नै बोल्ड अवतार दिन उनी पोख्त छिन् ।

NEWS DOWN

Loading...