४६ बर्षदेखि नियमित सेवा दिदै आएको अरनीको यातायात: विगत र बर्तमानमा के छन यसका सुविधा र चुनौती ?

SLIDER समाचार

काठमाडौ ११ पुस । २०२९ सालदेखि निरन्तर यात्रुहरुलाई सेवा दिदै आएको अरनीको यातायात ४६ बर्ष सम्म आइपुग्दा यात्रुहरुमा एउटा राम्रो छाप बसाउन सफल भएको छ । विशेष गरेर अरनीको राजमार्ग र बीपी राजार्गमा यो यातायातले यात्रुहरुको लागि सेवा दिदै आएको छ । अरनिको राजमार्गमा यसले सिण्डिकेट लगाएको भन्ने विषयले बजारमा निकै चर्चा पनि पायो तर अरनीको यातायात प्रालिले सुरुवातीमा रुट सञ्चालन गर्न कति दुख गर्यो र आज यो अवस्थामा आयो भन्ने कुराको चाही कसैले पनि लेखा गरेको पाइदैन ।

ब्यवसायी दिपक केसी

सुरुवातीका दिनहरुमा बाटो कच्ची हुदा समितिले नै डोजर लगाएर बाटो बनाउने देखि बाटो सफा गर्ने सम्मका काम गरेर आज अरनिको यातायातले यात्रुहरुको सेवालाई मध्यनजर राख्दै सेवा सुविधाहरु दिइरहेको ब्यवसायी दिपक केसी बताउछन । ब्यवसायी केसीका अनुसार अरनिको यातायात नाफामुखी नभएर सेवामुखी रुपमा सञ्चालन हुदै आएको बताउछन । उनी भन्छन, ‘अरनीको यातायातमा कुनै खेतान गु्रप छैन, कुनै चौधरी ग्रुप पनि छैन, ग्रामिण भेगका स्थानीयहरुले बैँकबाट ऋण लिएर यातायात प्रालिमा बस सञ्चालन गरेको छन । यो नाफामुखी भन्दा पनि सेवा मुखी हो । सेवा दिएर आएको फाइदा हामीले लिने हो कमाउनकै लागि यात्रुलाई शास्ती दिएर कमाउने भन्ने चाही होइन ।’
यसरी स्थानीयहरुको लगानीमा सञ्चालन भएको यातायात कम्पनीलाई एकलौटी चलायो अनि सिण्डिकेट गर्यो भन्नु कुनै अर्थपूर्ण नभएको व्यवसायी केसीको भनाइ छ । मजदुरहरुको लगानीमा बसहरु सञ्चालन गरिएका छन ।

अरनीको यातायातले अहिलेपनि अरनीको राजमार्ग र वीपी राजमार्गमा एक छत्र  राज गर्दै आएको छ । यात्रुहरुबाट अरनीको यातायातमा कुनै गुनासो आएको भने देखिदैन तर अन्य बस व्यवसायीले यस रुटमा आफनो समितिको बस हाल्न नपाएपछि सिण्डिकेटको आरोप लगाएको व्यवसायीहरुको भनाइ छ । व्यवसायीहरु भन्छन ‘हामीले यात्रुलाई सुविधा दिएका छौ सयमयमा यात्रुलाई गन्तव्यमा पुराएका छौ भने अरुको टाउको दुखाइ किन ?’

यस रुटमा सरकारले मयुर यातायातलाई रुट परमिट समेत दियो अन्तत मयुर यातायातले यात्रुहरुलाई सेवा दिन भने सकेन । अहिले मयुर यातायात र खिजिदेम्बाले यो रुटमा बस सञ्चालन गरेका छन । खिजिदेम्बाले ओखलढुंगामा रुट सञ्चालन गरेपनि नियमित सञ्चालन गर्न सकेको छैन भने मयुर यातायातले धुलिखेलसम्म मात्र सेवा दिने गरेको छ ।
समितिबाट सञ्चालन हुदै आएको अरनिको यातायात अहिले सरकारको मापदण्ड अनुसार प्रालिमा परिणत भइसकेको छ । हाल ६ सय ५० बटा यस यातायातका गाडी मार्पmत अरनीको यातायात प्रालिले सेवा दिइरहेको छ । दुर्गम इलाका सम्म यसले सेवा दिइरहेका कारण यात्रुहरु पनि अरनिको यातायाता प्रालि प्रति सन्तुष्ट नै देखिन्छन ।

यात्रु रुद्र गौतम

ओखलढुंगा घर बताउनै रुद्र गौतम आफु सधै अरनिको यातायात नै चढने गरेको सुनाउछन । उनी भन्छन ‘म सधै अरनीको यातायात नै चढने गर्छु । अरु कम्पनीका बस भएपनि जाने नजाने कुनै टुंगो हुदैन । अरनीको यातायताले यात्रु भएपनि नभएपनि निश्चित समयमा आफनो रुटमा बस छुटने गरेको छ । बसमा आरामदायी यात्रा अनुभवी चालन अनि सहचालकको कुशल ब्यवहार नियमित सेवा पाइने जेष्ठ नागरिकको सम्मान आरक्षण सिट अनुसार सुविधा अरनीको यातायातमा पाइने भएका कारण सधै अरनीको यातायात नै रोज्ने गरेको छु ।’

श्याम लामा अध्यक्ष, अरनीको यातायात व्यवासी समिति

हाल यस यातायात प्रालिले काठमाडौ देखि काभ्रे सिन्धुपाल्चोक, दोलखा , रामेछाप, ओखलढुंगा सोेलु सिन्धुली लगायतका जिल्लाहरुमा नियमित सेवा दिदै आएको छ । अरनीको यातायातको अन्य रुटमा पनि माग आएको अरनीको यातायात प्रालिका अध्यक्ष श्याम लामा बताउछन । अध्यक्ष लामाका अनुसार अन्य रुटमा पनि अरनिको यातायातको माग भइरहेको छ । त्यस विषयमा हामीले धेरै कुरामा सोच विचार गर्नु पर्ने हुन्छ । त्यस रुटमा सञ्चालन भएका व्यवसायीहरुको पनि ख्याल गर्नु पर्छ उनीहरुको समितिमा हाम्रो जादा पक्कै व्यवसायमा असर गर्ने हुदा हामीले अरुलाई असर पुराएर काम गर्नु हुदैन भन्ने सोचाइ हो । त्यसैले हामीले यो विषयमा पनि सोची रहेका छौ ।’ उनी भन्छन, ‘यात्रुहरुको लागि अरनीको यातायात छुटै ब्राण्ड बनेको छ । यात्रुहरुको लागि अरनीको यातायात नाम कै काफी छ । अहिले बाटोको प्रकृति हेरेर हामीले बस, सुमो, माइक्रोबाट यात्रुहरुलाई नियमित सेवा दिदै आएको छौ ।’
यात्राको अवधीमा यात्रुहरुलाई राम्रो सुविधा तथा व्यवस्थापन गर्दै आएको कारण यतिबेला अरनीको यातायात प्रति यात्रुहरुहरु निकै आकर्षित छन । यस यातायातसंग प्रतिस्पर्धा गर्न विभिन्न समितिहरुले प्रतिस्पर्धा गर्न आएपनि यात्रुहरुको रोजाइमा अरनिको नै परेको देखिन्छ ।

के छन त यसका सुविधा
अरनीको यातायात त्यसै पनि यो राजमार्गमा चल्ने पुरानो यातायात हो । यसमा बाटोको अवस्था अनुसार बस, माइक्रो तथा सुमो जस्ता सवारी साधन मार्पmत यात्रुलाई पायक पर्ने स्थानसम्म आरामदायी यात्रा गर्न सक्ने छन । महिला, जेष्ठ नागरिक तथा अपाङगता भएका अशक्तहरुको लागि विशेष सिटको ब्यवस्था गरिएको छ भने विद्यार्थीहरुको लागि सहुलियत लगायतका सुविधा राखिएका छन ।
सरकारले ल्याएको मापदण्ड २० बर्ष पुराना गाडि परिवर्तन गर्ने नियम भएपनि अरनीको यातायातामा २० नपुग्दै पुराना गाडीहरुलाई चेन्ज गरेर सुविधा सम्पन्न नयाँनया गाडीहरु हाल्दै आएको छ । जसका कारण यात्रुहरुलाई आरामदायी यात्रा गर्न सहज हुने गरेको छ । अरनीको यातायातले आफना रुटमा नियमित रुपमा गाडि सञ्चालन गर्दै आएको छ । यात्रु हुदा जाने नहुदा नजाने हुदैन नियमित रुपमा निरन्तर सेवा दिदै आएको छ । जसका कारण आफनो समय अनुसार यात्रा गर्न सकिने छ ।

अरनीको यातायातमा यात्रा गर्दा सम्पूर्ण यात्रुको सुरक्षा तथा जिम्मेवारी यातायातले लिने गरेको छ । दुर्घटना विमा सुविधाका साथै औषधी उपचारमा समेत यस यातायातले जिम्मेवारी बहन गर्दै आएको छ । कुनै दुर्घटनामा घाइते हुदा ३ लाख र मृत्यु भएमा पाँच लाख बीमा ह्ुने गरेको भएपनि अरनीको यातायातले दुर्घटनामा घाइते भएकाहरुलाई ७२ लाख सम्म तिरेर विरामीको उपचार गर्दै आएको रेकर्ड छ । अरनीको यातायात दुर्घटना हुदा  यात्रुको उपचारमा रोकिने छैन । समितिले पहिले नै विभिन्न हस्पिटलमा आफनो यातायातमा दुर्घटना हुदा यात्रुको उपचारमा कुनै रोकावट नहोस भनेर पहिले नै सम्झौता गरिसकेको छ । जसका कारण समतिको मान्छेले डिपोजित गरेन भनेर कुरिरहनु पदैन । घाइतेहरुको उपचार सुरु हुन्छ २४ घण्टा भित्र पैसा तिरिदिने समितिको सम्झौता भएको व्यवसायी दिपक केसी बताउछन । त्यती मात्र होइन मजदुरको बालबालिका शिक्षित होउन भोली विदेश जान नपरोस भन्ने हिसाबले मजदुरका बालबालिकाहरुलाई समितिले प्लस टु सम्मको अध्ययन निशुल्क रुपमा पढाउदै आएको छ ।

त्यसो त अन्य समितिले नियमित रुपमा सेवा दिन नसकेको दुर्गम स्थानमा समेत अरनिको यातायात प्रालिले सेवा दिदै आएको छ । सोलुखुम्बुको किन्जा ओखलढु्रगाको खिजिफलाटे, यसम, रानिबन, फेदीगुट, विलन्दु जस्ता दुर्गम स्थानमा समेत यस यातायात प्रालिले आफनो नियमित सेवा प्रदान गरिरहेको छ । यदी अरनिको यातायात प्रलिले आफनो सेवा यी दुर्गम स्थानमा नदिने हो भने यहाँ जनताहरुले काठमाडौ आउनका लागि ३ दिन यात्रा गर्नु पर्ने अवस्था छ ।

अरुण पौडेल चालक अरनीको यातायात

यसरी अरनिको यातायातले जतिपनि दुर्गमा ठाउमा सेवा दिइरहेको छ त्यति नै चुनौति पनि रहेको छ । चालक अरुण पौडेल भन्छन ‘हाम्रो सेवा भनेको यात्रुहरुलाई समयमा नै गन्तव्यमा पुराउने हो तर बाटो राम्रो नहुदा सयममा गाडी नपुग्दा यात्रुलाई शास्ती हुने गरेको छ ।’ उनी भन्छन, ‘कहिले काही त यात्रुहरु रिसाउछन पनि तर बाटोको अवस्थाका कारण यस्तो भएको कति यात्रुले थाहा पाउदैनन । बाटोको अवस्था बुझने यात्रुहरु भने यात्राबाट छुटने बेलामा पनि राम्रो सेवा दिएको भन्दै धन्यवाद दिएर जाने गरेका छन ।’

अरनीको यातायातमा यात्रा गरेपछि विचबाटोमा गाडी विग्रियो भने पनि यात्रुले शास्ती भोग्नु पदैन । चालक अरुण पौडेल भन्छन ‘हाम्रो सेवाप्रति यात्रुहरु पनि सन्तुष्ट नै छन । किनकी हामीले जाँदाजादै बाटोमा आफनो गाडी विग्रियो केही भयो भने तुरुन्तै अर्को गाडी झिकाएर यात्रुहरुलाई समयमा नै गन्तव्य पुराउने गरेका छौ , जसका कारण यात्रुहरु अभर परेर विचबाटोमा बस्नु पर्ने अवस्था भने हामीले दिदैनो ।’ ओखलढुंगाका विभिन्न स्थानमा ड्राइभीङ गर्दै आएका उनी भन्छन ‘हिउदको समयमा खासै गाह्रो नहुने भएपनि बार्षाको समयमा भने ओखलढुंगाको विभिन्न स्थानमा गाडी पुराउन ठुलै युद्ध गरेर जानु पर्छ ।’

हिउदमा धुलाम्मे हुने बर्षामा हिलाम्मे हुन्छ । त्यसमाथि पहिरो खसीरको ठाउबाटा गाडी पार गरेर यात्रुलाई गन्तव्यमा पुराउदा कहिले काही त ज्यान नै जोखिममा राखेर पनि यात्रुलाई सेवा दिनु परेको  चालक अरुण पौडेल बताउछन । उनले ३६ घण्टासम्म ननस्टप बस चलाएका छन । ‘दसैको बेला अधिकांश यात्रुहर घर फर्कने भएका कारण यात्रुको सेवाको लागि आफु दिनरात नसुतेर ३६ घण्टा गाडी चलाएको छु’ उनी भन्छन । नियमित रुपमा गाडी पठाउने गरेको छ । यात्रु भएनन भनेर गाडि नपठाउने भने यो गर्दैन त्यसैले यात्रुको नजरमा अरनिको परेका छ ।’ उनी भन्छन ।

AKHABAR ONLINE TV