हुम्लामा हिमपात, जनजीवन कष्टकर बन्दै

Highlight SLIDER मुख्य खबर समाचार

काठमाडौ १८ पुस । हिमाली जिल्ला हुम्लामा हिमपात हुदा त्यहाको जनजीवन कष्टकर बनेको छ । जिल्लाको लिमी, मुचु। खगालगाउँ। स्याँडा, हेप्क्का र बरगाउँ सिमकोटलगायतका गाउँपालिकाहरूमा बुधबार अपराह्न ४ बजेदेखि हिमपात भएपछि जनजीवन कष्टकर बनेको हो । बुधबार बिहानदेखि चिसो बढेको र चिसोका कारण घरबाट बाहिर निस्कन समेत नसक्ने अवस्था रहेको छ । चिसोले सरकारी–गैरसरकारी कार्यालयका कर्मचारी, सिमकोट बजारमा रहेका पसले तथा अधिकांस गाउँमा चिसोबाट बाच्न बिजुलीबाट हिटर तथा आगो बालेर तापिरहेका छन्।

हिमपात शुरु हुँदा एसइई परीक्षा दिने विद्यार्थीको अध्यापनसमेत प्रभावित हुने देखिएको छ। हिमाली भेगका गाउँपालिकामा रहेका विद्यालयमा अतिरिक्त कक्षा संचालन गर्नसमेत समस्या भएकाले एसइईको परीक्षा प्रभावित हुने भएको हो । उत्तरी गाउँपालिकामा भारी हिमपात हुँदा नाम्खा गाउँपालिकाको लिमी, जाँगा, हल्जी र तीलगाउँ सदरमुकाम सिमकोटसम्म आउन पनि समस्या भएको छ। चिसो बढेपछि कर्णालीका ५ वटै हिमाली जिल्ला हुम्ला मुगु डोल्पा कालिकोटर बाजुरलगायतका जिल्लका उच्च हिमाली बस्तीको जनजीवन प्रभावित बनेको बताइएको छ।