मुख्य समाचारको माथि

प्रवासीको कथा: प्रवासमै विते शान्ति खनालका एघार बर्ष, प्रवासबाटै प्रस्तोता र गायन

जीवन शैली विचार
This Post Share Now
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विदेशी भूमीमा पुगेर पनि नेपाली माटो अनि नेपालको मायालाई जो कोहीले पनि चटक्क भुल्न सन्दैन । अझ आफनो परिवारलाई छाडेर विदेशीहरुको पीडा छुट्टै छ । विदेशको सुविधामा पुगेपनि आफनो परिवारको यादले सताइरहन्छ । मतिष्कमा परिवारको यादले सताइरहन्छ । शान्ति खनालको जीवनमा पनि यस्तै भएको छ । तनहुँ जानुने भञ्ज्याङ् काफल थोकमा जन्मेकी शान्ति खनाल यतिबेला भने नेपालमा छैनन । उनका सबै परिवार नेपालमा नै छन तर उनी भने विदेशमा छन । विगत एघार बर्षदेखि इजरायलमा बस्दै आएकी शान्ति खनालका श्रीमान एक छोरा र दुइ छोरी नेपालमा छन ।
शान्तिको बाल्यकाल निकै सुखमय वातावरणमा हुर्केको थियो । तीन भाइकी एक्ली दिदी भएपछि सबैको मायामा हुर्केकी शान्तिले बाल्यकालमा भने कुनै दुुखभोग्नु परेन । तर जब उनको रामचन्द्र खनालसंग विवाह भयो त्यतिबेला भने केही असहज भयो । सबैको मायामा हुर्नेकी शान्तिलाई खासै घरधन्दा गर्न आउदैनथ्यो । तर श्रीमानको सपोर्ट र बुझने श्रीमान भएका कारण त्यो पनि सहज नै भयो । शान्ति विवाह पछि प्लस टु अध्ययनको लागि काठमाडौ आइन । काठमाडौको पद्यकन्या क्याम्पसमा उनले अध्ययन गर्दा गर्दै विभिन्न समस्याले अध्ययन पुरा गर्न पाइनन । उनी कर्म घर तनहुमा नै फर्कने निर्णय गरिन । उनका श्रीमान रामचन्द्र शिक्षक थिए ।
जव उनी चितवन फर्केपछि उतै बस्ने निर्णय गरिन । त्यहीबीचमा उनका दुइ छोरी र एक छोरा हुर्किसकेका थिए । श्रीमानको तलबले खर्च टार्न मुस्किल नै थियो । बच्चा हुर्कदखै गएपनि पढाउने र बच्चाको भविष्यको बारेमा शान्तिको मनमा अनेक कुराहरु खेल्न थाले । एकातिर समस्या अर्को तिर बालबालिकाको भविष्य निकै चिन्तित बनायो शान्तिलाई ।
गाउघरमा मर्दा पर्दा आफन्त चाहिन्छ भन्ने चलन भएपनि आपत विपतमा कोही सहयोगी भएनन । जीन्दगीबाट निराश बनेकी शान्तिले अन्तत विदेशको बाटो रोजिन । अफनो परिवारलाई छोडेर जानु शान्तिको लागि बाध्यता थियो । श्रीमानश्रीमतीबीचको सल्लाहमा नै उनी विदेश गएकी हुन । विदेशी भूमीका गएर बस्दा बस्दै ११ बर्ष  वितेछ । अहिले उनकी जेठी छोरी स्टाफ नर्स पढेर पनि विबाहित छन । कान्छि छोरी अध्ययन गरिरहेकी छन । उनका छोरा ब्याङलोरमा इन्जिनियर अध्ययन गरेर अष्टे«ेलिया जाने तयारीमा छन । तर शान्ति भने विदेशी भूमीमा नै संघर्ष गरिरहेकी छन ।
विदेशको भूमीमा रहेपनि श्रीमान र छोरा छोरीको साथले उनी खुसी नै छन । शान्तिको संघर्ष र उनका श्रीमान रामचन्द्रको परिवार प्रतिको मायाले आज आज शान्तिको घरपरिवारमा उज्यालो छाएको छ । शान्तिका श्रीमान अहिले अडिट गर्छन । राम्रै कम्पनीमा काम गरिरहेका छन । रामचन्द्रको सपोर्टले शान्तिले पनि घरको चिन्ता लिनु परेको छैन । विदेशमा रहेर परिवारसंग टाढा हुनु पर्दाको पीडालाई भने खालि समयमा गीत संगीत तर्पm चासो राख्दै आएकी छन । कुसल कार्यक्रम प्रस्तो समेत बनिसकेकी छन शान्ति खनाल यतिबेला । उनी विदेशमा बसेरै पनि कार्यक्रम प्रस्तोत ाबनेकी हुन । अनलाइन रेडियोमा कार्यक्रम सञ्चालन समेत गरेकी शान्ति अहिले गायिका बन्न सफल भएकी छन । उनले विभिन्न अनलाइन रोधीमा गीत गाउदै आफनो कला र गलामा निखार ल्याउदै आएकी शान्ति पछिल्लो समय प्रवासी युनिक सास्कृतिक मञ्च प्रालिकी उपाध्यक्षका रुपमा रहेकी छन भने उक्त संस्थाले सञ्चालन गरेको वाचअफ गु्रप मार्पmत गीत तथा दोहोरी गाउदै आएकी छन ।
प्रवासी युनिक सास्कृतिक मञ्चले शान्ति खनाल जस्ता थुप्रै श्रष्टाहरु जन्माइ सकेको छ । विरु केसीको सक्रियतामा यो संस्था स्थापना गरिएको हो । यस संस्थाले विशेष गरी विहिबार दोहोरी घम्साघम्सी सञ्चालन गर्दै आएको छ ।संस्थाका अध्यक्ष विरु केसीकै प्रोत्साहनले गर्दा अहिले आफु गायिका बनेको शान्ति खनाल बताउछिन । उनी भन्छिन विरु केसीले सपोर्ट तथा प्रोत्साहनले अहिले म गायिका बन्न सफल भए विरु केसीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’

AKHABAR ONLINE TV

 

NEWS DOWN

हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस
हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस