नेविसंघ ओखलढुंगाको अध्यक्षमा गोविन्द कोइराला आधिकारिक !

Highlight अन्तर्वार्ता

नेपाल विद्यार्थी संघ ओखलढुंगाको १२ औँ जिल्ला अधिवेशन केही दिन अगाडी सम्पन्न भएको छ । १२ औ अधिवेशनमा विवाद उत्पन्न भएपछि यतिबेला ओखलढुंगामा नेविसंघका दुइ वटा कार्यसमिति बनेका छन । जसका कारण आधिकारिकता माथि अन्योलता छाएको अवस्थामा हामीले १२ औ अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष गोविन्द कोइरालासंग गरिएको कुराकानीको अंश

जिल्ला अधिवेशन कसरी सम्पन्न भयो ?
केन्द्रीय प्रतिनिधि पवन नेपालीले माघ ७ र ८ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने भन्ने निर्णय पुस २३ गतेको जिल्ला कार्यसमितिको बैठकबाट भएपनि ३० गते जिल्ला प्रतिनिधिहरुको नामावली प्रकाशन गने भनिएकोमा निर्धारित मितिमा नामावली प्रकाशन हुन सकेन । जसको कारण जिल्ला प्रतिनितिहरुमा अन्यौल देखियो । प्रतिनिधि फाइनल गरेर विधिवत अधिवेशन गरौ भन्दा सिमित प्रतिनिधिबाट अधिवेशन सम्पन्न गराएर आफु अनुकुलको नेतृत्व स्थापित गराउन पार्टी सभापति प्रदीपकुमार सुनुवार लागि परेपछि । विवादका बीच अधिवेशन सम्पन्न भयो ।

बिबादको बीचमा तपाइ कसरी अध्यक्ष बन्नु भयो त ?
केन्द्रीय प्रतिनिधि पवन नेपाली केन्द्रीय उपाध्यक्ष नविन राई केन्द्रीय सदस्य दिपेश राजभण्डारी लगायत विद्यार्थी नेताहरुको उपस्थिती हुदैगर्दा उनीहरुलाई अधिवेशनमा सहभागी नगराइ आफु अनुकुलका फेग प्रतिनिधिहरुबाट अधिवेशन सम्पन्न गर्न पार्टी सभापति प्रदीप सुनुवार आफै लाग्दै गर्दा हामीले विरोध गर्यो । प्रतिनिधि विनाको अधिवेशन हुन सक्दैन । विद्यार्थी संगठनमा पार्टीको हस्ताक्षेप हुनुहुदैन भन्दै गर्दा विद्यार्थी प्रतिनिधिहरु पार्टीले तोकेको अधिवेशन स्थलबाट बाहिर निस्कि विद्यार्थीको अधिवेशन हामी विद्याथी आपैmले गर्छौ भनेर केन्द्रीय प्रतिनिधि पवन नेपाली, केन्द्रीय उपाध्यक्ष नविन राई, केन्द्रीय सदस्य दीपेश राजभण्डारी साथै अन्य नेताहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भयो । जुन अधिवेशनबाट म सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित भएँ ।

अर्कातिर रोशनको अध्यक्षतामा कार्यसमिति बनेको छ यसलाई के भन्नु हुन्छ ?
केन्द्रीय प्रतिनिधि पवन नेपाली केन्द्रीय उपाध्यक्ष नविन राई केन्द्रीय सदस्य दिपेश राजभण्डारी लगायत आम विद्यार्थी प्रतिनिधिहरुको माझबाट म अध्यक्षमा निर्वाचित भएको हुँ । पार्टी सभापतिले रोशनलाई अध्यक्ष बनाएको भन्ने सुनिएको छ । पार्टी सभापतिको अध्यक्ष रोशन होला तर विद्यार्थीहरुको अध्यक्ष म नै हुँ ।

तपाई आफुलाई आधिकारिक अध्यक्ष हो भन्ने आधार के छन ?
पहिलो कुरा त म बहुसंख्यक विद्यार्थी प्रतिनिधिहरुबाट निर्वाचित भएको अध्यक्ष हुँ । अर्कोकुरा केन्द्रीय प्रतिनिधि पवन नेपाली ओखलढुंगाको अधिवेशन गराउनलाई केन्द्रीय समितिले आधिकारिक निर्णय गरेर पठाएको प्रतिनिधिबाट निर्वाचित भएको हुँ । साथै केन्द्रीय उपाध्यक्ष नविन राई स्वयम ओखलढुंगाकै विद्यार्थी नेता भएको हुदाँ केन्द्रीय प्रतिनिधि पवन नेपाली, केन्द्रीय उपाध्यक्ष नविन राई, केन्द्रीय सदस्य दिपेश राजभण्डारी लगायत अन्य विद्यार्थी नेताहरुको उपस्थिती र समर्थनमा म अध्यक्ष भएको समिति निर्वाचित भएको हुँदा मेरै समिति आधिकारिक हो ।

अबका योजनाहरु के छन ?
हामीले निर्वाचित १९ सदस्यीय प्रतिनिधिहरुबाट पहिलो बैठक सम्पन्न गरी उपाध्यक्ष र सहसचिव मनोनित गरिसकेका छौ । अब पूर्ण समितिको बैठक सम्पन्न गरी विद्यार्थी संघले गर्ने कार्यक्रमको बार्षिक क्यालेण्डर तयार पारी सोही अनुरुप हाम्रो कार्यक्रमहरु अगाडि बढने छन् ।

तपाइको समितिका पदाधिकारीहरु चाही को को छन त ?
मेरो अध्यक्षतामा उपाध्यक्ष विनोद निरौला, सचिव सुरेश ढुंगेल, सहसचिव हरिप्रसाद लुइटेल, कोषाध्यक्ष यमुना दाहाल लगायत १९ सदस्यीय समिति रहेको छ ।

तत्कालका कार्यक्रमहरु केही बनाउनु भएको छ ?
हामीले तत्कालै ओखलढुंगाका सबै स्थानीय तहहरुका स्कूल क्याम्पसहरुमा विद्यार्थीका शैक्षिक गुणस्तरसंगै उनीहरुका हक अधिकार लगायत अन्य सरोकार राख्नु पर्ने विषयहरुमा अन्तरक्रिया कार्यक्रम राख्ने योजना बनाएका छौ । जसको कारणले कुनै पनि विद्यालय र विद्यार्थीहरुको समस्याको पहिचान हुने हुदा समस्याको समाधान गर्नको निम्ती सम्बन्धित निकायमा पहल गर्नेछौ ।


अखबार टिभी