अपडेट: टी-२० सिरिज क्रिकेट, कप्तान पारस खड्का आउट

खेलकुद

काठमाडौं २० माघ । नेपाल र युएईबीचको टी(२० सिरिजको अन्तिम खेलमा नेपालका कप्तान पारस खड्का आउट भएका छन्। पारस चौथो विकेटका रूपमा २९ रन बनाएर आउट भएका हुन्। १४ बलमा २९ रन बनाएका मोहम्मद बुटाको बलमा आउट भएका हुन्।
नेपालको तेस्रो विकेटका रूपमा दीपेन्द्रसिंह ऐरी आउट भए। उनले यसअघीको खेल जिताउन महत्वपूर्ण ब्याटिङ गरेका थिए। आज उपकप्तान ज्ञानेन्द्र मल्ल पनि चलेनन्। मल्ल ११ रनमा आउट भएका छन्। मल्ल यसअघीका खेलमा पनि खासै चलेका थिएनन्। नेपालका ओपनरका रूपमा आएका पवन सर्राफ शून्य रनमा आउट भएका थिए।

पवनलाई मोहम्मद नावीले आउट गरेका हुन्। वर्षाका कारण प्रभावित खेल निर्धारित समयभन्दा दुई घण्टा ढिलो शुरु भएको थियो। नेपालको ओपनरमा पवन र पारस खड्का आएका थिए।