समाज सेवा तथा गायन क्षेत्रमा अब्बल बिरु केसी

मनोरञ्जन मनोरञ्जन समाचार

अरुको दुखमा थोरै भएपनि मलमपट्टि लगाउन भन्ने सोच प्राय मानिसहरुमा सबैमा हुन्छ । तर भाग्य र परिस्थित अनुकुल नभइदा केवल सोचाइमा मात्र सिमित बनिदिन्छन आप्mना सोचाइहरु ।
गुल्मीको धुर्कोट गाउपालिका विरु केसीको पनि यी र यस्तै सोचाइ थिए । समाज र देशका लागि केही उदाहरणीय काम गर्छु भनेर । समाजको लागि काम गर्ने उनको दृढ संकल्प र इच्छा थियो । तर मन भएर मात्र हुदैन यहा धन नभइ केही पनि हुदैन । हो यस्तै भइदियो विरुको जीवनमा पनि । तर पनि नेपाली गीत संगीतलाई जगेर्ना गरेर कला र सस्कृतीलाई जोगाइ राख्न भने विरुको एउटा छुट्टै प्रयास प्रवासी युनिक सास्कृतिक मञ्च बनेको छ यतिबेला
प्रवासी युनिक सास्कृतिम मञ्चको माध्यमबाट कलाकार उत्पादन गर्नुका साथै नेपाली मौलिक सस्कृतिको संरक्षणमा जुटेका छन विरु केसी यतिबेला । विदेशी भूमीमा रहेर पनि नेपाली कला र सस्कृतिको जगेर्ना गरिरहेका छन । हुन त नेपालमा रहदा पनि उनले नेपाली कला र सस्कृतिको संरक्षणमा नलागेका भने होइन । उनी विभिन्न कार्यक्रमहरुमा सहभागी गाीतहरु गाउने गरेका थिए ।


२०६२ सालदेखि निरन्तररुपमा लोक संगीतको क्षेत्रमा लागेका विरु केसी एक कुसल रचनाकार हुन साथै गायक पनि हुन । उनले गीति एल्वम ‘परदेशी को प्रस्तुतकर्ताका रुपमा छन । परदेशीमा जे भनेनी सहने बानी पर्यछ , र भिरमा गाईको बाछ्छी जस्ता गीत समावेश गरेका छन ।  साथै आधा दर्जन जति गीत रचना गरेका विरु केसीले नेपाल प्रहरीको जागिर खादाखादै छोडेर २०५९सालमा सशस्त्रमा भर्ना भए । तर पनि लामोसमय सम्म सरकारी सेवामा रहेनन ।
काठमाडौमा हुने विभिन्न मेला तथा महोत्सवहरुमा गीत गाउदा गाउदै विरु आफना इच्छा चाहनाहरुलाई थाति राखेर विदेशको बाटो तया गरे । यसरी विदेशी भुमीमा पुगे पनि नेपाली मनलाई सदैव आत्म सम्मान गर्दै केही सामाजिक काम गर्न चाहेका छन । उनको यो यात्रा र सपना पुरा होवस हाम्रो कामना ।


AKHABAR ONLINE TV