मुख्य समाचारको माथि

जन्मदिने बाआमाप्रतिको सद्भाव, मैत्री सेवा आश्रमका बृद्धबृद्धाहरुको साथमा मनोजले मनाए आफनो जन्मदिन

Highlight समाज

-कमल फुयाँल
काठमाडौ १७ फागुन । आफनी जन्म दिने आमालाई हिजो आजका युवायुवतीहरुले खासै मानसम्मान दिन सकेका छैनन । फेसनेवल बनेर अरुको लहैलहैमा लागेर आफना जन्म दिने आमाबाबुलाई विर्सेर रमाइलो तिर लाग्ने युवायुवतीको जमात पनि कम छैन । जसका कारण पछिल्लो समय बुढेस्कालमा धेरै बृद्धबृद्धाहरु आश्रममा पुगेका छन । आफनो सन्तानले आफना आमा बा प्रति सदभाव र माया गर्न जान्ने हो भने बुढेसकालमा आश्रम गइरहनु पर्दैन ।
जो ब्यक्तिहरु यस्ता पनि छन जसले आफनो जन्म दिने बाआमाको महत्व राम्रोसंग बुझेका छन । उनीहरुले आफना आमाबाबुलाई अन्तिम अवस्थासम्म आश्रममा नपुराइए आफनै रेखदेखमा पालन पोषण गरिरहेका छन । धार्मिक मूल्य र मान्यतालाई हेर्ने हो भने पनि आफना जन्म दिने आमाबाबुलाई सेवा गरेमा राम्रो पुण्य कमाउन कुनै तीर्थ धाउनु पर्दैन भन्ने चलन छ । आफुलाई जन्म दिने आमाबाबुलाई अवहेलना गरेर पुण्य कमाउछु भन्दै भगवानको मन्दिर धाउनु र तीर्थ धाउनु त्यसमा पुण्य नहुने धार्मिक विद्धानहरुको भनाइ छ । त्यसैले पुण्य कमाउनु छ भने सबैभन्दा पहिले आफना जन्मदाताको सेवा गर्नु बुद्धिमान ठानिएको छ ।


यही विचारलाई आत्मासाथ गर्दै ओखलढुंगा फेदीगुटका विद्यार्थी नेता मनोज बुढाथोकीले आश्रम पुगेर बृद्धबृद्धाहरुलाई औषधी तथा फलफुल लगायत खानेकुरा दिएका छन । आफु १८ बर्ष पुरा भइ १९ बर्षमा प्रवेश गरेको शुभअवसरमा बुढाथोकीले काठमाडौको संकरापुर नगरपालिका स्थित लप्सेफेदीमा रेहेको मैत्रीसेवाश्रममा पुगेर त्यहा बृद्धबृद्धाहरुलाई औषधी तथा खानेकुरा खुवाएर आफनो जन्म दिन मनाएका हुन । होटल रेष्टुरेन्टमा जन्म दिनका नाममा गरिने फजुल खर्च डाडाँमाथिको घाम जस्तै बनेका बृद्धबृद्धाहरुको सेवामा बुढाथोकीले खर्च गरेका हुन । आफना जन्म दिने बाआमा ओखलढुंगामा भएपनि आश्रममा बसेका बृद्धबुद्धाहरुलाई आफनै आमाबाजस्तो मानेर बुढाथोकीले जन्म दिन मनाएका हुन । सानो उमेर बुढाथोकीमा यतिधेरै बृद्धि आएको भन्दै आश्रमका बृद्धबृद्धाहरु निकै खुसी देखिन्थे ।

आमाबाबु जस्तै सम्झेर आश्रम पुगेका बुढाथोकीको समाजिक सेवा भावले सबैलाई सन्देश समेत दिएको मैत्रीसेवाश्रमका सञ्चालक मित्रसेन दाहालले अखवार अनलाइनलाई बताए । काठमाडौको संकरापुर नगरपालिका स्थित लप्सेफेदीमा मित्रसेन दाहालले मैत्रीसेवाश्रम सञ्चालन गरेका छन । उक्त आश्रममा २० जना बृद्धबृद्धाहरुलाई राखेर दाहालले पालन पोषण तथा उनीहरुको स्वास्थ्य उपचार सेवा समेमत गर्दै आएका छन । दाहाल आफैमा मृगौला पीडित छन । आफुल बाचुन्जेल अरुको सेवा गर्ने र जीवनमा कमाउने भन्दा पनि सेवा गरेर पुण्य कमाउने उद्धेश्य सहित दाहालले सुविधासम्पन्न आश्रम सञ्चालनमा ल्याएका हुन । आश्रममा ६० वर्ष नाघेका स्वदेशी तथा विदेशी व्यक्तिहरूलाई मासिक न्यूनतम शुल्क लिई आधारभूत आवश्यकतासहित भोजन, विश्राम, काम, मनोरञ्जन र स्वास्थ्य सेवाको सन्तुलित व्यवस्था गरेको यस प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहाल बताउछन । साथै निश्चित संख्यामा अशक्त, असाहय र राष्ट्रलाई उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई निःशुल्क सेवाहरू प्रदान गर्ने गरेको छ ।


मैत्रिसेवा आश्रमको प्रांगारीक भोजन गृह, जेरियाट्रिक अस्पताल, योगध्यान केन्द्र, आध्यात्मिक केन्द्र, प्राकृतिक उद्यान तथा पार्क र खेल मैदान सहितको नमुना गाउँ छ। प्रतिष्ठाले आफूले उपयोग गर्ने धान खेती, अन्नबाली, तरकारी बीउबिजनका साथै गाई पालनबाट प्रशस्तरूपमा दुग्धजन्य पदार्थ आफै उत्पादन गरी उपयोग गर्ने गरेको छ।
यहाँ ज्येष्ठ नागरिकहरूलाई मौलिक संस्कृतिमा आधारित शिक्षाको व्यवस्था गरिएको र अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्नमैत्रि सेवा आश्रम बनेको छ ।


AKHABAR ONLINE TV


NEWS DOWN