सरकार र टेडयुनियनका नेताका मिलेमतोमा सरकारी करारका कर्मचारी रोडमा

विचार
-हरी  बहादुर श्रेष्ठ

-हरी  बहादुर श्रेष्ठ
नेपालमा टेडयुनियनका नेता किनेर मजदुरलाई लखेटने काम कुनै नौलो कुरा होइन यो प्राय निजी कम्पनिमा बढी भेटिन्छ । जहाँ टेडयुनियनका नेतालाई किन्ने र काम गरेका मजदुरको सेवा सुविधा घटाउने र वर्षै काम गरेका पुराना मजदुर हटाउने र नयाँ मजदुर भत्ती गर्ने काम जताततै भेटिएको छ । जसमा २०७० सालमा क्यासिनोका १० हजार मजदुरलाई लखेटिएका टेडयुनियनका नेता धनी भएका थिए । जहाँ राजश्व नतिरेको वाहानामा क्यासिरनो वन्द गर्ने निर्णय गरी सरकारले १० हजार मजदुरलाई रोडमा छोडेको थियो । त्यसै मध्यको क्यासिनो साग्रिलाले त रातको १२ वजे काम गरेका मजदुरलाई पुलिस प्रशासन लगाएर लखेटिएयो । पछि नेता केन्द्रलाई करोडमा किनियो भने इकाई अध्यक्षलाई लाखमा किनको जसमा ४५ लाखको सम्झौता सहित मजदुरले फेला पारेका थिए । जहाँ महाँसघका अध्यक्ष सालिग्राम जमरकोटे, विष्णु रिमाल लगाएतका महासंघका नेतालाई र साग्रिला इकाई अध्यक्ष राकृष्ण श्रेष्ठ, दिनेश घिमिरे, सुन्दर कडेल, र दिनेश वतौलाले ४५ लाखमा क्यासिनोका ४५० मजदुर वेचेका थिए । त्यसको लगतै पुराना मजदुर लखेटेर नयाँ मजदुर भत्र्ती गरी साग्रिला क्यासिनो चलाई रहेका छन । अरु क्यासिनोमा पनि पुराना मजदुरलाई लखेटेर रोडमा छोडियो र नेतालाई पैसा खुवाएर नयाँ नयाँ क्यासिनो दर्ता गराई पुराना वर्षै काम गरेका मजदुरलाई रोडमा छोडि नयाँ ज्यलादारीमा मजदुर भर्ती गरी क्यसिनो सञ्चान गरेको पाइएको छ । त्यस्तै रोग सरकारी अफिसमा अहिले सरेको छ । जहाँ सरकारी करारका कर्मचारीको जागिरवाट निकालिएको छ । जसमा वर्षैदेखि काम गर्दै आएका लगभग ३२ हजार सरकारी करारमा काम गर्ने कर्मचारीको संघीयको नाममा वाम गठवन्धनको सरकारले फेरी आज रोडमा छोएिको छ । जहाँ जागिर जाने भएपछि आफ्नो रोजिरोटीका लागि सिंह दरवार भित्र आन्दोलन गर्ने पुगेका करारका कर्मचारी नेतित्व नै सरकारी मिले महत्वमा फसेपछि वा आन्दोलनका नेतित्व गरेका अखिल नेपाल सरकारी करार तथा ज्यालादारी श्रमिक सघका अध्यक्ष भुपाल रसाली र उपअध्यक्ष कुमार राउतआन्दोलनका संयोजकलाई सरकारले कान फुकी आन्दोलन स्थागित गर्न खाल्ति भरिपछि आन्दोलन गर्ने सरकारी करारका कर्मचारीलाई तिरवित पार्ने काम भइको थियो । जहाँ नेतित्व गर्ने अहिलेसम्म जागिर खाइरहेका छन भने आन्दोल गर्न करारका कर्मचारीले आफुले काम गरेको तलव समेत पाएका छैनन् ।
नेपालमा वाम गठवन्धनको सरकार वने सगसगै लगभग ३२ हजार सरकारी करार कर्मचारी रोजगारी खोसिएको छ । जहाँ वर्षका ४० हजार मान्छेलाई रोजगारी दिन्छु भन्ने सरकारले सरकारी कार्य क्षेत्रमा काम गर्ने कारारका कर्मचारीको रोजिरोटी खोसिदिएको छ । जहाँ आफ्नो रोजिरोटीको माग गर्दै वा वचाउन टेडयुनियनका नेता अगाडी लगाएर २०७५÷श्रावण १ गतेवाट सिंहदरवारमा धर्ना दिन पुगेका करारका कर्मचारीको आन्दोलनले चरम रुप लिन थालेपछि नेतित्व वार्ताको वाहाना वनाई र वाकिनीको विन्दु वनएर तिन महिनाको करारलाई हाजिर गर्ने भनी कर्मचारी तन्त्र हेर्ने सघीय मामिला तथा समान्य प्रसाशन मन्त्रालयले ९ वदे सम्झौता वनाएर करारका कर्मचारीलाई काममा फर्कायो । यो निर्णय सगसगै काममा फकिएका करारका कर्मचारी ३ महिना सम्म काम लगायो तलव भत्ता दिइएन त्यसको सगसगै दशै तिहार सम्म केहि नपाएका करारका कर्मचारी फेरी तीन महिना वित्ने विति कै आफुले काम गरेको पारिश्रमिक र रोजिरोटीको माग गर्दै फेरी सिंहदरवारमा आन्दोलमा फर्किए । सघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा धर्ना दिन पुगेका करारका कर्मचारी पहिले त आन्दोलनको नेतित्व गरे जस्तो गरेको अखिल नेपाल सरकारी करार तथा ज्यालादारी सघले ६ वुदे ज्ञापन पत्र वनाई आन्दोलनको नेतित्व गरे जस्तो ग¥यो । पछि सरकार र यो सघको साठकाट मिलपछि नेतित्व देखा पर्न छोडे कहिले पत्रकार समेलन भन्ने कहिले अदालद गएका छै भनी देखा पर्न छोडे । धनामा वसेका कर्मचारीलाई निरासा पार्न खोजियो । त्यति गर्दा पनि धर्नामा वसेका कर्मचारीलाई करारका निजामति टेडयुनियन र करारका अखिल नेपाल करार तथा ज्यालादारी संघको मिले महत्वमा वा यीनिहरुको खल्ती भरिएपपछि वा उनीहरुलाई जागरिको ग्यारेण्टी गरेपछि सो आन्दोल तुवाउन टेडयुनियन र पुलिस प्रसाशनको मिले महत्वमा शान्तिपुर्ण धर्नामा वसेका कर्मचारीको परिचय पत्र संकलन गरी पुलिसले फोटो खिचियो । त्यो दृश्य हेरेर वसे ती आन्दोलका नेतित्व त्यसको अन्तरमा भोलिपल्टदेखि सिंहदरवारको गेटमा पुलिस राखि परिचयपत्र खोस्ने काम भयो भित्रवाट यी रमिते वने । यसरी शान्तिपुर्ण धनामा वसेर आफ्नो रोजिरोटीको माग गरेका करारका कर्मचारीलाई तितर वितर पारी रोजिरोटी खोस्ने काम भयो । र अखिल नेपाल करार तथा ज्यालादरी संघले कर्मचारी आन्दोलमा अएनन् भनी वाहाना वनाएर आन्दालन स्थागित गरियो । कर्मचारीको आखामा छारो हाल्न मन्त्रालयका सचिव र टेडयुनियनका नेताले ७ वुदे सम्झौतामा वनाएको जस्तो गरियो त्यसको साथ साथै आफ्ना मान्छे भत्ति गर्ने वाटो समेत खुलायो । जहाँ आवश्यक पर्ने ठाउँमा करारका कर्मचारी राख्ने भनी निर्णय गरी आफ्ना मान्छेको लागि सिट सिमित गरियो । त्यही निर्णय अनुसार टेडयुनियका नेता पैसा पनि कम्लाए र जागिर पनि खाइरहेका छन । भने यहि निर्णय अनुसार हाकिमका आफ्ना मान्छे भत्र्ति गर्ने थलो पनि खुल्यो सो अनुसार अहिले आन्दोलका अघुवा कार्यसमिति र हाकिमका मान्छे छानि छानि जागिर खुवायो भने सोझा साझा करारका कर्मचारीले आफुले काम गरेको तीन महिनाको तलवसम्म पाएका छैन । भने कार्यालय प्रमख मन्त्री नेताले पुराना करारका कर्मचारी हटाएर धमाधम आफ्ना मान्छे भत्र्ति गरि रहेका छन
यस आन्दोलमा नेतित्व गर्ने अखिन नेपाल सरकारी अस्थायी करार तथा ज्लादारी कर्मचारी श्रमिक संघका केन्दीय अध्यक्ष भुपाल रसायली के. उप–अध्यक्ष कुमार राउत, महा सचिव विमला आर्चाय, सचिव सोम ब. तामाङ्ग, व. उपअध्यक्ष आत्माराम तिमल्सेना उपसचिव कासिराम श्रेष्ठ केन्द्री सचिव जितेन्द्र कुमार मिश्र थिए । यी यिनिहरुले आन्दोलको नेतित्व गरेका थिए । भने आफ्नो जागिर ग्यारेण्टी भएपछि , वा सरकारवाट केहि मिलेपछि आन्दोलन तुवाउन प्रशासनसग मिलि कर्मचारीलाई तितरवितर पारेका छन । यी अहिले पनि जागिर खाइरहेका छन भने भने यिनिहरुले आन्दोलन तुवाउन विभिन्न रणनिति गरेका थिए । त्यसमा पनि आफुले नै पुलिस प्रशासन सग मिलि कर्मचारीको परिचयपत्र खोस्न लगाउने सिंहदरवार भित्र छिर्न नदिने फेरी कर्मचारीलाई आन्दोलमा आएन भनी अरोप लगाउने र वहाना वनाई आफु जागिर खाइरहने अरु करारका कर्मचारीलाई लखेटने स्थायी दलाल टेडयुनियनका यीनै परेका छन । भने हिजो १० हजार क्यासिनो मजदुर रोडमा छोडेर आफु करोडौ कमाउने नेता आज कोहि प्रदेशका कानुन मन्त्री, कोही प्रधान मन्त्रीका सोकिय सचिव वनेका छन । भने आज सरकारी करारका कर्मचारीलाई सघियको नाममा रोडका छोडने आन्दोलनका नेता भोली स्थार्यी हुने छन भने भोलीका संसद पनि हुन छन । यसरी नेपालीलाई वेरोगरी वनाएर विदेश पठाई रिमिडेड खान पल्केको संसदीय व्यवस्थाले आज पनि ३२ हजार सरकारी करारका कर्मचारीलाई खाली हात रोडमा छोडेको छ । जहाँ हिजो सिगान पुछ्दै जागिर खाने आज नातिनातिनाका हुजर वुवा हजुरआमा भई सके तर आज खाली हात घर पठाइएको छ । भने सक्षम युवाहरु सरकारी अफिसमा काम गदागदै बेरोगारी वनी वस्न बाध्य भएका छन यी युवा अव विकल्वको वाटो खोजि रहेको देखिन्छ । जहाँ आफ्ना सन्तानको लालन पालन गर्ने रोजिरोटी सरकारले नै खाइदिएपछि विद्रही शक्ति खौज्न वा कोही आफ्नो अधिकारको लागि लड्न तयार गर्दै गरेको देखिन्छ ।

Loading...